Friday, February 22, 2013

सरकारद्वारा कार्यकर्ता पोस्न ऋण तथा ब्याज मिनाहाको निर्णय

काठमाडौं, ११ फागुन– चार वर्षअघि तीस हजार रुपैया“सम्मको ऋण तथा ब्याज मिनाहा दिएर सरकारी वित्तीय संस्थालाई धरासायी बनाएका प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषदबाट पुनः द्वन्द्वपीडितका नाममा सत्तारूढ माओवादी र मधेसी मोर्चाका कार्यकर्तालाई पोस्न पुनः ऋण मिनाहा दिने निर्णय गराएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले द्वन्द्वपीडितका नाममा पा“चवटा सरकारी बैंकबाट आफ्ना कार्यकर्ताले लिएको ऋण तथा ब्याज मिनाहा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको ऋणको ब्याज र अन्य दस्तुर सम्बन्धित बैंकले मिनाहा गर्नुपर्ने निर्णयले ती पा“चवटा वित्तीय संस्था धरासायी हुने चिन्ता सरकारी अधिकारीले व्यक्त गरेका छन् ।
अर्थमन्त्रालयको प्रस्तावमा सरकारले साना किसान तथा घरेलु उद्यमीलाई ऋण मिनाहा सम्बन्धी कार्यविधि २०६५ लाई संशोधन गरी द्वन्द्व पीडितलाई ऋण तथा ब्याज मिनाहा गर्ने निर्णय गरेको हो ।
सरकारले माओवादीको ‘जनयुद्ध’, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा मारिएका, बेपत्ता पारिएका व्यक्तिका परिवार र घाइते तथा अंगभंग भएका व्यक्तिले लिएको ऋण तथा ब्याज ३० हजार रुपैया“सम्मको ऋणको सा“वा ब्याज दुवै र एक लाख रुपैया“ ऋणको ब्याज मिनाहा दिने निर्णय गरेको छ । सरकारले ०६९ चैतसम्मका लागि द्वन्द्वपीडितका नाममा आफ्ना कार्यकर्तालाई ऋण र ब्याज मिनाहाको मौका दिएको छ ।
मन्त्रिपरिषदले द्वन्द्वपीडितको ऋण मिनाहा गरेको रकमको बैंकहरूलाई सोधभर्ना दिने निर्णय गरेको छ । सरकारले ब्याज र अन्य दस्तुर भने सम्बन्धित बैंकहरूले बेहोर्नुपर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयबाट पा“चवटा सरकारी बैंकलाई ठूलो घाटा लाग्ने सम्बन्धित अधिकारी बताउ“छन् ।
सरकारले साना किसान विकास बैंक, लघु वित्त विकास बैंक, कृषि विकास नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट आफ्ना कार्यकर्ताले लिएको ऋण तथा ब्याज मिनाहा दिन लागेको हो । भट्टराईले अर्थमन्त्री हु“दा साना किसान तथा घरेलु उद्यमीलाई ३० हजार रुपैया“सम्मको ऋण र ब्याज दुवै र १ लाख रुपैया“को ब्याज मिनाहा दिएका थिए ।
ती पा“चवटा वित्तीय संस्थाबाट १ लाख या सोभन्दा कम ऋण प्रवाह भएको रकम २ अर्बभन्दा बढी रकम रहेको अनुमान द्वन्द्व पीडितलाई ऋण र ब्याज मिनाहा गर्दा पर्ने लाग्ने खर्चको विश्लेषण गर्ने सरकारी अधिकारीको छ । तर, सरकारले सत्तारूढ पार्टीका कार्यकर्तालाई ऋण तथा ब्याज मिनाहा दिन लागेकाले त्यसका लागि कति रकम लाग्ने भन्ने कुरा निर्णय र प्रस्ताव दुवैमा नखोलेको जानकारी स्रोतले दिए ।
माओवादी द्वन्द्वका क्रममा राज्य र विद्रोहीबाट मारिएका व्यक्तिको संख्या जम्मा १३ हजार हो । तर, सरकारले द्वन्द्वमा मारिएका १८ हजारभन्दा बढी व्यक्तिका परिवारलाई राहत रकम बा“डिसकेको छ । द्वन्द्वका क्रममा मारिएको व्यक्तिको परिवारको नाममा राहत रकम लिन शान्ति तथा पुननिर्माण मन्त्रालयमा निवेदन लिएर आउने क्रम अझै जारी छ । यो नै द्वन्द्व पीडितका नाममा ऋण तथा ब्याज मिनाहा दिंदा राज्यको ढुकुटीको चरम दुरुपयोग हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो ।
सरकारको विभिन्न बहानामा बारम्बार ऋण र ब्याज मिनाहा दिने नीतिले ऋण नतिर्ने प्रवृत्ति बढ्ने र यसले गर्दा बैंकहरू आर्थिक रूपमा धरासायी हुनेछन् । यस्तो प्रवृत्तिले निजी वाणिज्य तथा विकास बैंकहरूलाई असर पार्नेछ । निजी बैंकले आफ्नो कुल लगानीको दूई प्रतिशत रकम आर्थिकरूपमा पछाडि परेका क्षेत्रमा ऋण प्रवाह गर्नुपर्छ । ऋण मिनाहा दिने नीतिका कारण निजी बैंकहरूको यस्तो ऋणसमेत सम्बन्धित व्यक्तिहरूले नतिर्ने प्रवृत्ति बढ्नेछ ।



No comments:

Post a Comment