Tuesday, February 26, 2013

प्रधानमन्त्रीद्वारा चुनाव आफ्नो पक्षमा पार्न राज्यका सम्पूर्ण पकड कायम गर्दै

काठमाडौं, १५ फागुन– एकीकृत माओवादी नेतृत्वको सरकारले आगामी संविधानसभा चुनावको संघारमा राज्यका सम्पूर्ण निकायमा आफ्नो पकड जमाउ“दै लगेको छ । आगामी संविधानलाई लक्ष्यित गरी माओवादी र प्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका सम्पूर्ण निकायमा आफ्नो स्वार्थमा कार्य गर्ने व्यक्तिलाई सरुवा, पदस्थापन र नियुक्ति गरेर पकड जमाउ“दै लगेका हुन् ।
माओवादीले एकातिर प्रधानमन्त्री भट्टराईमार्फत् सत्ता साझेदार मधेसी मार्चाको समेतको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई रिझाएर सबै प्रमुख मन्त्रालय, सबै जिल्लाका प्रजिअ र प्रहरी प्रमुखसहित राज्यका सम्पूर्ण निकायमा आफ्नो स्वार्थअनुरूप कार्य गर्ने राखेर राज्यका सम्पूर्ण निकायमा पडक जमाएको हो । माओवादी नेतृत्वको स्थानीय विकास मन्त्रालय, स्वरोजगार कोष र गरिवी निवारण कोषबाट आफ्ना कार्यकर्ता तथा पुनःस्थापनामा गएका र अयोग्य लडाकुलाई अर्बौं रुपैया“ बा“डेर राजनीतिक पकडसमेत जमाएको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बन्ने ‘निष्पक्ष’ सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र निवर्तमान हुन लागेका प्रधानमन्त्री बाबुराम भट्टराईको अप्रत्यक्ष निर्देशनमा सुरक्षा निकाय, निजामती प्रशासनलगायतका राज्यका संयन्त्रका भरमा निष्पक्ष र स्वतन्त्र चुनाव गराउन सक्नेमा गम्भीर प्रश्न उठेको छ । रेग्मी स्वयं आफूलाई महाधिवेशनबाट प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने माओवादीप्रति लचिलो हुन सक्ने सरकारी अधिकारी बताउ“छन् ।
चुनावी सरकारलाई सरुवा, बढुवा या नया“ नियुक्ति गर्न नपाउने कानुनी व्यवस्था छ । ‘यदि रेग्मी दलहरूले विश्वास गरेजस्तै निष्पक्ष भए पनि उनले माओवादीको पकडमा रहेको राज्य संयन्त्रका भरमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउन सक्तैनन्’ ती अधिकारीले भने ।
माओवादीको प्रस्तावमा प्रधानमन्त्री र प्रधानन्यायाधीश एउटै व्यक्ति भएपछि स्वतन्त्र र निष्पक्ष रहनुपर्ने न्यायालयसमेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा प्रभावित हुने र त्यसको लाभसमेत माओवादीले लिने पूर्वप्रशासकहरू बताउ“छन् । हरेक जिल्लामा जिल्ला न्यायाधीश नै प्रमुख निर्वाचन अधिकृत हुने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्रीले सबै प्रमुख मन्त्रालयमा आफ्नो स्वार्थअनुरूप कार्य गर्ने सचिवहरूलाई जिम्मेवारी दिएका छन् । स्वार्थअनुरूप कार्य गर्न नमान्ने सचिवहरूलाई नेपाल ट्रष्ट, सूचना आयोग, सतर्कता केन्द्र र खासै बजेट नहुने मन्त्रालयमा थन्काइएको छ । उनले राज्यको ढुकुटी दुरुपयोग र भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायमा समेत आफ्नो स्वार्थअनुरूप कार्य गर्ने सचिव गणेशराज जोशीलाई राखेर पकड जमाएका छन् । जोशी माओवादी समर्थक सचिव मानिन्छन् । प्रधानमन्त्रीले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताबाट हुने र भएका भ्रष्टाचारबाट उन्मुक्ति दिन अख्तियारलाई समेत सचिवमार्फत् आफ्नो वशमा पारेका हुन् । मुलुकको विकासनिर्माणको योजना बनाउने र अनुगमन गर्ने महत्वपूर्ण निकाय योजना आयोगमा माओवादीबाट नियुक्त उपाध्यक्षसहितका पदाधिकारी हावी छन् ।
प्रधानमन्त्रीले चारवटै सुरक्षा निकाय नेपाली सेना, दुवै प्रहरी संगठन र राष्ट्रिय अनुसन्धान आयोगलाई रिझाएका छन् । प्रधानसेनापति गौरवसमसेर राणाको प्रस्तावमा विभिन्न विवादास्पद निर्णय गरेर सेनालाई रिझाएका हुन् । प्रधानमन्त्रीले राणाको प्रस्तावमा हेलिकप्ट खरिद गर्न ३ अर्ब रुपैया“ दिएर, भैरवनाथ गणमा हु“दा माओवादीकै ४६ जना कार्यकर्तालाई बेपत्ता पारेको मानव अधिकार उल्लंघनको गम्भीर आरोप लागेका कर्णल राजु बस्नेतलाई सहायक रथीमा बढुवा र अवकास पाएका प्राविधिक उपरथी नरेश बस्नेतलाई सेनाको परम्पराविपरीत दुई वर्ष म्याद थपेर सेनालाई खुसी पारेका छन् । जंगी अड्डाले हेलिकप्टर खरिदका लागि साढे २ अर्ब रुपैया“ मागे पनि सरकारले सेनालाई खुसी पार्न ३ अर्ब रुपैया“ दिएको छ ।
गृह मन्त्रालयमातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख भट्टराईकै पालामा नियुक्त भएका हुन्, उनीहरूको सेवा अवधि दुई वर्ष थप्ने गृहकार्य गरेर तीनै जना प्रमुख र मातहतका उच्च अधिकारीलाई रिझाउने गृहकार्य गरेका थिए । हालकै सुरक्षा प्रमुखलाई जेठमा भनिए पनि मंसिरमा हुने आगामी संविधानसभा चुनावसम्म हालकै प्रमुखलाई राखिरहने चुनावी स्वार्थमा प्रधानमन्त्रीले सेवा अवधि थप्ने गृहकार्य सुरु गरेका हुन् । सेवा अवधि थपको निर्णय हुन बा“की छ ।
प्रधानमन्त्रीले गृहमन्त्री विजयकुमार गच्छदारसित मिलेर सबैजसो जिल्लामा आफ्नो स्वार्थअनुरूप कार्य गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पठाएका छन् । गृह र प्रहरी प्रशासन चुनावमा सबभन्दा बढी दुरुपयोग हुने गरेका छन् । माओवादीले चुनावमा जबर्जस्ती गरेमा प्रहरी प्रशासन रमिते हुन सक्ने आशंका पूर्व प्रशासकहरू गर्छन् । स्थानीय निकायको पदाधिकारी नभएका कारण कर्मचारीका भरमा चलाइएका जिविस र नगरपालिकामा समेत सरकारले आफ्नो स्वार्थअनुरूप कार्य गर्ने व्यक्तिलाई छानीछानी स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । त्यही कारण जिविस र नगरपालिकाहरूले आफ्नो बजेट माओवादीले चाहेको ठाउ“मा खर्च गर्दै आएको छ ।

सरकारले युवा स्वरोजगार कोषबाट ६० करोड र स्थानीय विकास मन्त्रालयमार्फत् बजेटमा स्वीकृत कार्यक्रमभन्दा गएर आफ्ना कार्यकर्तालाई ६० करोड रुपैया“भन्दा बढी बा“डिसकेको छ । आफ्ना कार्यकर्तालाई पोस्न थप बा“ड्ने क्रम जारी रहेको सरकारी अधिकारी बताउ“छन् । चुनाव आफ्नो पक्षमा पार्न माओवादीका ठूला नेताको गृह जिल्ला तथा निर्वाचन क्षेत्र लक्ष्यित गरी रकम बा“डिएको छ ।
सरकारले राज्य कोषबाट चार हजार अयोग्य लडाकुलाई खुसी पार्न २÷२ लाख रुपैया“ राज्य कोषबाट बा“डिसकेको छ । सरकारले जनयुद्धमा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई दोस्रोपटक २÷२ लाख रुपैया“ राहत बा“ड्यो । तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारकै पालामा उनीहरूलाई राहत रकम बा“डिसकिएको थियो । जनयुद्धमा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई खुसी पारेर फुटेर गएको नेकपा–माओवादीतिर नजाने वातावरण बनाउन दोस्रोपटक राहत रकम बा“डिएको हो । समायोजनमा गएका १० हजारभन्दा बढी लडाकुलाई ८ लाख रुपैया“को हाराहारीमा पुनःस्थापना रकम दिइसकिएको छ । माओवादी नेतृत्वको सरकारले देशभर आफ्नो राजनीतिक वर्चस्व कायम गर्न कार्यकर्तालाई खुसी पार्न राज्यको ढुकुटीबाट अर्बौं रुपैया“ बा“डिएको हो ।
ठूला आयोजना, राष्ट्रबैंक, सम्पूर्ण संस्थान, विकास समितिमा माओवादी र मधेसी मोर्चाका मान्छेलाई भर्ती गरिएको छ । सम्बन्धित निकायका लागि योग्यभन्दा पनि पार्टीको पक्षमा कार्य गर्ने व्यक्तिलाई छानीछानी नियुक्ति गरिएको छ । २ खर्ब लागत लाग्ने दुई ठूला जलाशययुक्त आयोजना बुढी गण्डकी र नलसिंगाड विकास समितिको कार्यकारी अध्यक्षमा एक मेगावाटको आयोजना बनाएको अनुभवसमेत नभएका आफ्ना पार्टी कार्यकर्तालाई नियुक्ति गरिएको छ । बुढी गण्डकीमा प्रधानमन्त्री भट्टराईका गृह जिल्लाबासी लक्ष्मीप्रसाद देवकोटा र नलसिंगाडमा माओवादी कार्यकर्ता शेरबहादुर शाहीलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ । प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (आयोजना प्रमुख) पूर्व निर्णयविपरीत त्यति ठूलो आयोजना विकास समितिका अनुभवहीन कार्यकारी अधिकारीलाई प्रशासनिकदेखि आर्थिक कारोबारको सम्पूर्ण अधिकार दिइएको छ ।
सार्वजनिक संस्थानहरूमा पार्टी र आफ्नो पकड कायम गर्न प्रधानमन्त्रीले आफ्ना जिल्लाबासी, सहकर्मी र पत्नी हिसिला यमीका नातेदारलाई नियुक्त गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा विधिवत निर्वाचित अध्यक्षलाई हटाएर हिसिलाका दिदी तिमिला यमीलाई नियुक्त गरिएको छ । अर्को महत्वपूर्ण निकाय उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा योगेश्वरकृष्ण पराजुलीलाई नियुक्त गरिएको छ । पराजुली भट्टराईका स्कुले साथी हुन् । सम्पूर्ण बैंकहरूलाई नियमन गर्ने र सरकारलाई आर्थिक नीतिका बारेमा सुझाव दिने राष्ट्रबैंकको सञ्चालक समितिमा समेत प्रधानमन्त्रीले पकड जमाएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रबैंकको सात जनाको सञ्चालक समितिमा पूर्वसचिव रामहरि अर्याल, आफू अर्थमन्त्री हु“दाका आर्थिक सल्लाहकार श्रीराम पौडेल र पत्नी यमीका आफन्त बीकेमान सिंहलाई सदस्य नियुक्त गरेका छन् । सञ्चालक समितिको पदेन सदस्य अर्थसचिव शान्तराज सुवेदीसमेत माओवादीको स्वार्थअनुकूल कार्य गर्ने व्यक्ति भएकाले राष्ट्रबैंकको निर्णयमा प्रधानमन्त्री हावी हुनेछन् ।






No comments:

Post a Comment