Friday, February 22, 2013

अख्तियारद्वारा जथाभावी योजना नबाँड्न सरकारलाई निर्देशन

काठमाडौं, ११ फागुन– सरकारले बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर आफ्ना कार्यकर्तालाई अन्धाधुन्द रूपमा योजना बा“ड्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई त्यसलाई रोक्न निर्देशन दिएको छ ।
अख्तियारले बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर योजना बा“ड्नु कानुनविपरीत भएको उल्लेख गर्दै सरकारलाई शुक्रबार पत्र पठाई अब आइन्दा त्यसरी रकम नबा“ड्न लिखित निर्देशन दिएको जानकारी सरकारी अधिकारीले दिएका छन् । त्यस्ता कार्यक्रमका लागि विनियोजित रकमसमेत निकासा नदिनसमेत निर्देशन दिइएको जानकारी अख्तियारका अधिकारीले दिए ।
अर्थमन्त्रालयसहित स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायातलगायतका विकासे मन्त्रालयका मन्त्रीहरूले योजना आयोगबाट स्वीकृत नगराई आफूखुसी धमाधम आफ्नो गृह जिल्ला र कार्यकर्तालाई एक अर्ब रुपैया“भन्दा बढी रकमको योजना बा“डिसकेका छन् ।
स्थानीय विकासमन्त्री एवं माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मात्र बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर ‘जनसहभागिता कार्यक्रम’ का नाममा ५० करोड रुपैया“ बराबरको योजना आफ्ना कार्यकर्तालाई बा“डिसकेका छन् ।
 स्थानीय विकासले पहिलो चरणमा जनसहभागिता कार्यक्रमका नाममा २० करोड रुपैया“ बा“डेको थियो । मन्त्री श्रेष्ठको निर्देशनमा स्थानीय विकास सचिव शान्तबहादुर श्रेष्ठले लाचार भएर माओवादी कार्यकर्तालाई योजना बा“डेका हुन् । त्यसको लगत्तै अर्थमन्त्री वर्षमान पुनले उक्त कार्यक्रमलाई थप ३० करोड रुपैया“ दिइसकेका छन् ।
योजना आयोगबाट स्वीकृत कार्यक्रममा मात्र सरकारले बजेट विनियोजन गर्ने कानुनी व्यवस्थाविपरीत अर्थमन्त्रालयबाटै योजना छनौट गरेर स्थानीय विकास मन्त्रालयमार्फत जिविसलाई अख्तियारी दिएर रकम बा“ड्ने गरिएको छ ।
अर्थमन्त्री पुनले स्थानीय विकासमार्फत् आफ्नो गृह जिल्ला रोल्पा र निर्वाचन क्षेत्र दक्षिणी ललितपुरमा मात्रै ५÷५ रुपैया“ करोडको योजना आफ्ना कार्यकर्तालाई बा“डेका छन् । यस्तो रकम विकासनिर्माण गर्नभन्दा आफ्ना कार्यकर्तालाई कमाइ खाने व्यवस्था गर्न वितरण हुने गरेको आशंका अख्तियारको छ ।
भौतिक योजना मन्त्रालयले समेत बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर २० करोडभन्दा बढीको योजना बा“डिसकेको स्रोतले उल्लेख गरेको छ । अरू विकासे मन्त्रालयका मन्त्रीले समेत आ–आफ्ना गृह जिल्लामा आफ्ना कार्यकर्तामार्फत् ठूलो रकम बा“ड्दै आएका छन् ।
अख्तियारले कुनै पनि संस्था र आफ्नो पार्टी विशेषलाई सहयोग पु¥याउने निकायलाई राज्यको ढुकुटीबाट रकम नबा“ड्नसमेत मन्त्रिपरिषदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय गराई माओवादीको वैचारिक तथा नीतिगत प्रचारप्रसार गर्न खोलिएको ‘माक्र्सवादी गुरुकुल’ नामक संस्थालाई ५० लाख रुपैया“ दिएपछि अख्तियारले जथाभावी सहयोग बा“ड्न निर्देशन दिएको हो ।

No comments:

Post a Comment