Friday, February 8, 2013

नेकपा–माओवादीसम्बद्ध कर्मचारी संगठनद्वारा श्रम विभाग कब्जा

काठमाडौं, २५ माघ– नेकपा–माओवादी सम्बद्ध दर्ताका क्रममा रहेको राष्ट्रिय कर्मचारी संगठन (राकस) ले राजधानीको नया“ बानेश्वरस्थित श्रम विभाग १४ दिनदेखि कब्जा गरेको छ ।
एकीकृत माओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनबाट विभाजित भई श्रम विभागमा छुट्टै राष्ट्रिय संगठनका रूपमा दर्ता हुन निवेदन दिएको राकसले हस्ताक्षरकर्ता कर्मचारी र माउ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई दाबीविरोध गर्न नदिन विभाग कब्जामा लिएको हो । राकसस“ग आवद्ध कर्मचारीले दिनहु“ २ सय जना जतिको भीड जम्मा भई विभाग कब्जामा लिएको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार एकीकृत माओवादीसम्बद्ध संगठन र कुनै पनि कर्मचारीले दाबी विरोध गर्न नपाऊन् भनेर विभागको टेलिफोन, फ्याक्स र बिजुली लाइनसमेत काटिदिएका छन् । राकसले विभागको दर्ता रजिस्टर र सम्बन्धित फाइलसमेत  कब्जामा लिएको जानकारी एक कर्मचारीले दिए ।
टेलिफोन र फ्याक्सबाट दाबी विरोध गर्न नपाऊन् भनेर लाइन काटिदिएका हुन् । १४ दिनदेखि विभागमा कामकाज पूर्ण रूपमा ठप्प भएको छ । अवरोधका कारण १४ दिनदेखि कुनै पनि सेवाग्राही विभाग प्रवेश गर्न पाएका छैनन् ।
विभागको गेटभित्र र बाहिर तथा विभाग प्रवेश गर्ने सडक र निजामती अस्पतालको गेटसम्म राकस सम्बद्ध कर्मचारीहरूले लाठी र खुकुरीसहित बसेर कब्जामा लिएका हुन् । हतियार चाहि“ नदेखिने गरी नजिकै लुकाएर राख्ने गरेका छन् । हतियारसहितको राकसको अराजक र गुण्डागर्दीका कारण विभागका कर्मचारीहरू त्रसित भएको जानकारी स्रोतले दिएको छ ।
राज्यकोषबाट तलबभत्ता खाने र अनुशासनमा रहनुपर्ने निजामती कर्मचारीहरूले हतियारसहित नै गुण्डागर्दी गरी विभागलाई नै १४ दिनसम्म कब्जा गर्दा पनि सरकार र गृह प्रशासनले कुनै चासो नदिएकामा श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
राकसले जबर्जस्ती नक्कली हस्ताक्षर गराएर संगठन दर्ताका लागि कर्मचारीको संख्या पु¥याएका कारण दाबी विरोध गर्न नदिन विभाग कब्जा गरी अवरोध पु¥याएको जानकारी स्रोतले दिए । राकसले ६ हजार २ सयभन्दा बढी कर्मचारीको हस्ताक्षर र २० भन्दा जिल्लामा कार्यसमिति बनाई विभागमा दर्ताका लागि आवेदन दिएका हुन् । संगठन दर्ता हुन कम्तीमा ५ हजार कर्मचारीको हस्ताक्षर र २० जिल्लामा कार्य समिति आवश्यक हुन्छ ।
विभागमा प्रवेश गर्न नपाएपछि माओवादीसम्बद्ध नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नक्कली हस्ताक्षरमा परेक ाकर्मचारीहरूले मुख्यसचिव लीलामणि पौडेल, श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठसमक्ष आफ्नो दाबी विरोध दर्ता गराएका छन् ।
निजामती कर्मचारीले नै दिनहु“ आफ्नो कामकाज छाडेर दाबी विरोध गर्न पाउने अरू कर्मचारीको लोकतान्त्रिक अधिकारलाई कुण्ठत गरिरेहेको जानकारी एक सरकारी अधिकारीले दिए । दाबी विरोध गर्ने म्याद १५ दिनमात्र छ । राकसले बा“की एक दिन शुक्रबारसमेत विभाग कब्जा गर्ने कार्यक्रम राखेको जानकारीसमेत स्रोतले दिएका छन् ।
दाबी विरोध नआएपछि विभागले राकसलाई राष्ट्रिय संगठनका रूपमा मान्यता दिई दर्ता दिनुपर्छ । राकस दर्ता भएपछि एकीकृत माओवादीको नेपाल राष्ट्रिय कर्मचारी संगठनले दाबी विरोध हुन नदिई किन मान्यता दिएको भनेर विभागमा अर्को बबण्डर मच्चाउने खतरा रहेको जानकारी स्रोतले दिए ।





No comments:

Post a Comment