Monday, February 4, 2013

प्रधानमन्त्री कुलेखानीको जलाशय रित्याउ“दै

प्रधानमन्त्रीको निर्देशनमा तत्काललाई दैनिक २ घन्टा लोडसेडिङ घटाउन कुलेखानी २०–२१ घन्टा चलाइ“दैछ । यही दरमा चलाउ“दा कुलेखानीमा पानी रित्तिएर फागुन, चैतमा लोडसेडिङ २०÷२१ घन्टासम्म पुग्न सक्छ ।
काठमाडौं, २२ माघ– प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो निर्देशनमा विद्युत् प्राधिकरणले मुलुकको जलविद्युत् प्रणालीको एकमात्र ‘ब्याक अप’ का रूपमा रहेको कुलेखानी जलाशययुक्त आयोजना बढी समय चलाएर दैनिक दुई घन्टा लोडसेडिङ घटाएको छ । विद्युत्को सबभन्दा माग हुने पिक आवरमा बेलुका ५ देखि ७ घन्टामात्र चलाइ“दै आएको कुलेखानी आयोजनाबाट दैनिक २० देखि २१ घन्टा विद्युत् उत्पादन गरी प्रधानमन्त्रीको आदेशमा लोडसेडिङ १२ घन्टामा सीमित गरिएको जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।
वर्षायाम नलागेसम्मका लागि कुलेखानी आयोजनालाई सन्तुलित रूपमा चलाउन प्राधिकरणले माघ ६ गतेदेखि दैनिक २ घन्टा लोडसेडिङ बढाएर १४ घन्टा पु¥याएको थियो । प्रधानमन्त्रीले दैनिक १२ घन्टामा सीमित राख्ने आफ्नो घोषणाविपरीत किन लोडसेडिङ बढाएको भनेर आक्रोश व्यक्त गर्दै मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेल, ऊर्जासचिव हरिराम कोइराला, प्राधिकरणका कार्यकारी निर्देशकलाई घटाउन निर्देशन दिएपछि लोडसेडिङ घटाउन कुलेखानी बढी समय चलाइएको हो ।
मुख्यसचिवसहित प्राधिकरणका अधिकारीले प्रधानमन्त्रीसमक्ष कुलेखानीलाई वर्षायाम नलागेसम्मका लागि ब्याक अपका रूपका चलाइराख्न लोडसेडिङ बढाउनुपरेको उल्लेख गर्दै घटाउन नमिल्ने तर्क राखेको स्रोतले उल्लेख गरेको छ । ‘अहिले दैनिक २ घन्टा लोडसेडिङ घटाउने हो भने कुलेखानी बढी समय चलाउनुपर्छ, त्यसो गर्दा जलाशयको पानी छिट्टै रित्तिएर फागुन, चैत, वैसाख र जेठमा लोडसेडिङ जति समय हुने हो, बढेर २१÷२२ घन्टासम्म पुग्न सक्छ’ उनीहरूले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले भने । प्रत्युत्तरमा प्रधानमन्त्रीले भने– ‘पछि के हुन्छ मलाई थाहा छैन, मैल लोडसेडिङ १२ घन्टामा सीमित राख्ने सार्वजनिक घोषणा गरेको छु, १२ घन्टामात्र लोडसेडिङ गर्नोस् ।’ त्यसपछि प्राधिरकरणको सञ्चालक समितिले निर्देशनमा व्यवस्थापनले कुलेखानी बढी समय चलाएर लोडसेडिङ घटाएको हो । प्रधानमन्त्रीले आफ्नो कथित लोकप्रियताका लागि आफू पदमा रहेसम्म लोडसेडिङ बढाउन नदिएको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले निर्देशन दिएकै भोलिपल्ट अर्थात् माघ १० देखि नै कुलेखानी बढी समय चलाएर प्राधिकरणले अघोषित रूपमा दैनिक २ घन्टा लोडसेडिङ घटाएर १२ घन्टा कायम गर्दै आएको थियो । प्राधिकरणले शुक्रबारमात्र लोडसेडिङ दैनिक १२ घन्टामा झारिएको सार्वजनिक घोषणा गरेको हो । प्रधानमन्त्रीको आदेशलाई ‘शाही घोषणा’ का रूपमा लिएर मुलुकको विद्युत् आपूर्तिको सन्तुलन नै बिग्रने गरी कुलेखानीलाई अस्वभाविक रूपमा चलाएर लोडसेडिङ घटाउनुपरेकामा प्राधिकरणका प्राविधिकहरू आक्रोशित भएका छन् ।
उनीहरूले व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसित  ‘प्रधानमन्त्रीले भन्दैमा फागुन, चैत, वैसाख र जेठमा मुलुकलाई अन्धकारमा राख्ने गरी कुलेखानी अप्राकृतिक रूपमा चलाउन मिल्छ, फागुन, चैत, वैसाख र जेठमा लोडसेडिङ दैनिक २१÷२२ घन्टा पुग्दा हामीले आमजनताले के भनेर चित्त बुझाउने ?’ उनीहरूले ब्याक अपका रूपमा रहेको आयोजनालाई यति धेरै समय चलाएर विद्युत् निकाल्दै जाने हो भने कुलेखानी जलाशयको पानी फागुनमै सकिने र चैत, वैसाख र जेठमा मुलुकमा चरम लोडसेडिङ हुने जानकारी प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार कुलेखानीलाई सन्तुलित रूपमा चलाउ“दा पनि आगामी फागुनको तेस्रो सातादेखि चैतको पहिलो साता (हिउ“ पग्लन सुरु हुने समय) सम्म दैनिक १९ घन्टा लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । कुलेखानीको पानी रित्तिंदै गएमा लोडसेडिङ झन् बढ्छ ।
कुलेखानीको जलाशयको पानी दैनिक ३ देखि ५ सेन्टिमिटरमात्र घट्ने गरी ५ देखि ७ घन्टा चलाइ“दै आएको थियो । तर, हाल लोडसेडिङ १२ घन्टामा सीमित गर्न माघ १० गतेदेखि नै जलाशयको पानी ११ सेन्टिमिटरसम्म घट्ने गरी कुलेखानीबाट बढी समय विद्युत् उत्पादन गर्न थालिएको छ ।
कुलेखानीमा पानीको सतह जति घट्दै जान्छ, पानीको जम्मा हुने क्षेत्रफल सा“घुरिंदै जाने किसिमको जलाशय भएकाले कुलेखानी दैनिक २०÷२१ घन्टा विद्युत् उत्पादन गर्न केही दिनपछि दैनिक २२÷२३ सेन्टिमिटर या क्रमशः सोभन्दा बढी पानी घट्दै जान्छ । कुलेखानीमा हाल विद्युत् निकाल्न मिल्ने पानीको गहिराइ ४० मिटरको हाराहारीमात्र छ ।
प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले कुलेखानी आयोजनाबाट दैनिक २० देखि २१ घन्टा चलाएर विद्युत् उत्पादन गर्ने गरिएको स्वीकार गरे । तर, उनले कुलेखानी पहिलेभन्दा अहिले बढी नचलाइएको दाबीसमेत गरे । ‘कुलेखानी अहिले २०–२१ घन्टा चलाएको छौं, पहिला पनि यत्ति नै समय चलाइन्थ्यो । बढाइएको होइन’ उनले भने । तर, प्राधिकरणका अधिकारीले प्रधानमन्त्रीको आदेश आउनुअघि कुलेखानीलाई मुलुकको विद्युत् प्रणालीका ब्याक अप आयोजनाका रूपमा वर्षायाम नलागेसम्मका लागि बिजुली निकाल्न पानी पुग्ने गरी दैनिक बढीमा सात घन्टासम्म चलाइ“दै आएको थियो ।
कुलेखानी आयोजनालाई यसरी अप्राकृतिक रूपमा चलाउ“दै जाने हो भने फागुन, चैत, वैसाख र जेठमा दैनिक २१ घन्टाभन्दा बढी लोडसेडिङ हुने चिन्ता प्राधिकरणका अधिकारीको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख क्षेत्रीले नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहे तापनि भारतबाट आयातीत विद्युत् आपूतिर्मा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण्ँ लोडसेडिङ घटाइएको दाबी गरे ।
प्राधिकरण्ँले माघ २१ गते आइतबारदेखि लागू हुने लोडसेडिङ साताको १३ घन्टाले घटाएको छ । यसअघि माघ ६ गतेदेखि सातामा ९७ घन्टा लोडसेडिङ गरि“दै आएकामा आगामी आइतबारदेखि सातामा ८४ घन्टा लोडसेडिङ प्राधिकरण्ँले जनाएको छ ।  प्राधिकरण्ँका अनुसार परिवर्तित तालिकाअनुसार अब साताको सातै दिन १२ घन्टा लोडसेडिङ हुनेछ ।

No comments:

Post a Comment