Wednesday, February 13, 2013

नयाू नेपाल निर्माण कोष स्थापना

  • कोषमा प्रधानमन्त्री–मन्त्रीले १५ तथा सचिवले ५ दिनको तलब
  • सम्पूर्ण कर्मचारी, व्यवसायी, इच्छुक व्यक्ति र गैरआवासीय नेपालीलाई सहयोगका लागि आह्वान गरिने
काठमाडौं, २ फागुन– सरकारले राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गरी मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न ‘नया“ नेपाल निर्माण कोष’ स्थापना गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुलुकभर चरणबद्ध रूपमा राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गर्न ‘राष्ट्रिय स्वयंसेवा अभियान निर्देशका २०६९’ बनाई जारी गरेको छ । निर्देशिकाअनुसार नया“ नेपाल निर्माण कोष स्थापना गरिएको हो ।
कोषमा इच्छुकहरूलाई सेवाभावले स्वेच्छापूर्वक संलग्न हुने वातावरण निर्माण गरी स्वयंसेवालाई मुलुकभर चरणबद्ध रूपमा सञ्चालन गर्ने सरकारले जनाएको छ । ‘उच्च शिक्षा हासिल गरिरहेका युवालाई स्वयंसेवाका माध्यमबाट व्यावहारिक र जीवनोपयोगी ज्ञान प्राप्त गर्ने अवसर जुटाई मुलुकको समृद्धिका लागि युवा आफैं अग्रसर हुने तत्परता जगाई स्वयंसेवालाई जीवनपद्धतिका रूपमा विकास गर्ने’ अभियानको उद्देश्य छ ।
स्वयंसेवा अभियानका लागि आवश्यक रकम नया“ नेपाल कोषबाट खर्च गरिनेछ । कोषमा सरकारका सम्पूर्ण सरकारी सेवाका कर्मचारी, उद्योगपति, इच्छुक सर्वसाधारण, पेसाकर्मी, विभिन्न उद्योग÷व्यवसायमा कार्यरत कर्मचारी, चन्दादाता, वैदेशिक दाता, गैरआवासीय नेपालीलगायतबाट प्राप्त सहयोग रकम जम्मा गरिनेछ । प्रधानमन्त्री बाबुराम भट्टराईले सबै मन्त्रालयका मन्त्री र सचिवलाई योजना आयोगको हलमा मंगलबार दिउ“सो बोलाएर सरकारले राष्ट्रिय स्वयंसेवक अभियान सञ्चालन गर्न कोष स्थापना गरेको जानकारी गराउ“दै त्यसमा स्वैच्छिक रूपमा सहयोग गर्न आह्वान गरेका थिए । भट्टराईले सचिवहरूलाई मातहतका निजामती, सैनिक, प्रहरी र संस्थानका कर्मचारीबाट समेत कोषमा स्वैच्छिक रूपमा सहयोग जुटाउन आग्रह गरेको जानकारी एक सहभागीले दिए ।
छलफलकै क्रममा कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले १५ दिन र मुख्यसचिव तथा सचिवहरूले स्वैच्छिक रूपमा ५ दिनको तलब दिने घोषणा गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले दिए । राज्यबाट तलबभत्ता पाउने सरकारी निकायका तथा सरकारको लगानीका संस्थान, स्थानीय निकायका गरी करिब छ लाख कर्मचारीबाट स्वैच्छिक सहयोगका नाममा अनिवार्य रकम उठाउन प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिए ।
ती अधिकारीका अनुसार प्रधानमन्त्रीको निर्देशनमा सबै मन्त्रालय र निकायका सचिवले एक÷दुई दिनमा नै आफ्ना मातहतका विभाग र कार्यालय तथा संस्थानका कर्मचारीको बैठक गरी स्वैच्छिक रूपमा उक्त कोष सहयोग गर्न आग्रह गर्ने भएका छन् । सरकारले उक्त कोषमा देशभित्र र बाहिर रहेका इच्छुक सम्पूर्ण नेपालीबाट सहयोग रकम जुटाउन छिट्टै सार्वजनिक आह्वान गर्ने भएको छ ।
राष्ट्रिय स्वयंसेवक अभियान सञ्चालन गर्न केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति, स्वयंसेवक नीति कार्यान्वयन गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यकारी समिति, सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा समन्वय समिति गठन गरिने निर्देशिकामा उल्लेख छ ।
अभियानमा क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थी, प्रतिष्ठित उद्योगपति, व्यवसायी, कलाकार, खेलाडी, राजनीतिज्ञ, सामाजिक कार्यकर्तासहित विभिन्न पेसाका लब्ध प्रतिष्ठित व्यक्ति तथा ज्येष्ठ नागरिक र इच्छुक जोसुकै सहभागी हुन सक्ने निर्देशिकामा उल्लेख छ । स्वयंसेवा अभियान निर्देशिका स्वयंसेवकहरूले आफ्नो कामको सिलसिलामा खर्च गर्न पाउने रकमको सीमा तथा उनीहरूको आचारसंहितासमेत तय गरिएको छ ।

No comments:

Post a Comment