Thursday, April 18, 2013

सचिव पोखरेलले विदेशमा अवकास पाए

काठमाडौं, ४ चैत– चीनको भ्रमणकै क्रममा उपराष्ट्रपति कार्यालयका सचिव लक्ष्मणकुमार पोखरेलले मंगलबार अनिवार्य अवकास पाएका हुन् । चीनमा जारी ‘मन्त्री र सचिवहरूका लागि शासकीय क्षमता’ विषयक सेमिनारमा भाग चार सदस्यीय नेपाल टोलीका सदस्य पोखरेलले ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएका हुन् ।
भ्रमण दलमा पोखरेलका अतिरिक्त राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालयका सचिवहरू क्रमशः शीतलबाबु रेग्मी, नाथुप्रसाद चौधरी र सूर्यप्रसाद सिलवाल सहभागी छन् । मन्त्रिपरिषद बैठकले सेमिनारकै बीचमा सेवाबाट अवकास पाउने सचिवलाई सरकारी टोलीमा भ्रमणमा पठाउने निर्णय गर्नु आफैंमा गलत भएको सरकारी अधिकारी नै बताउ“छन् ।
पोखरेलको अवकासस“गै रिक्त सचिव पद दुइटा पुगेका छन् । यसअघि गत चैत ५ मा प्रधानमन्त्री कार्यालयका सचिव यज्ञप्रसाद गौतमले अनिवार्य अवकास पाएका थिए । प्रधानमन्त्री कार्यालयमा सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कामु सचिव बनाइएको छ ।

No comments:

Post a Comment