Thursday, April 4, 2013

स्ववियु चुनावको माग गर्दै नेविसंघ आमरण अनसनमा

काठमाडौं, २२ चैत– कांग्रेसको भातृ संगठन नेविसंघले तत्काल स्वतन्त्र विद्यार्थी युनियनको चुनावको  माग गर्दै बिहीबारदेखि राजधानीमा आमरण अनसन सुरु गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि बाह्र दिनदेखि रिले अनसन गर्दै आएको नेविसंघले मागको सम्बोधन नभएको भन्दै आमरण अनसन सुरु गरेको हो  ।
त्रिवि, कीर्तिपुरका इकाइ सभापति कैलास कोइराला, त्रिचन्द्र क्याम्पसका इकाइ सभापति कृष्ण जैसी, शंकरदेवका हरिश भण्डारी, विश्वभाषा क्याम्पसका भीम गौतम र पब्लिक युथ क्याम्पसका सञ्जीव न्यौपाने आमरण अनसनमा बसेका छन् ।
नेविसंघले तत्काल स्ववियु चुनावको मिति घोषणा गरिनुपर्ने, विद्यार्थीका मौलिक हक लागू गरिनुपर्ने र त्रिवि शैक्षिक क्यालेण्डर लागू हुनुपर्ने माग राखेको छ । १२ दिनसम्म जारी २४ घन्टे रिले अनसन बस्दा समेत त्रिविले मागको सुनुवाई नगरेकोले बाध्य भएर आमरण अनसन सुरु गर्नुपरेको नेविसंघले जनाएको छ ।
नेविसंघ नेता भीम गौतमले त्रिविले स्ववियुको मिति घोषणा नगरेसम्म आमरण अनसन जारी राख्ने बताए । विभिन्न बहानामा त्रिवि स्ववियु निर्वाचन नगराउने षड्यन्त्रमा लागेकाले बाध्य भएर आमरण अनसन सुरु गर्नुपरेको जानकारी उनले दिए ।

No comments:

Post a Comment