Saturday, April 13, 2013

मन्त्रिपरिषदद्वारा सेनालाई हतियार खरिद गर्न अनुमति

काठमाडौं, ३० चैत– सरकारले नेपाली सेनालाई नियमित प्रक्रियाअनुरूप हातहतियार खरिदका लागि अनुमति दिएको छ । अन्तरिम चुनावी मन्त्रिपरिÈदको शुक्रबार बिहान बसेको बैठकले विशेष समितिको सिफारिसमा नेपाली सेनालाई नियमित प्रक्रियाभित्र रहेर हतियार खरिदका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मन्त्री पौडेलले जानकारी दिएका छन् ।
माओवादी र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौताले नेपाली सेनालाई हतियार खरिद गर्न प्रतिबन्ध लगाएको थियो । सेना समायोजन विशेष समितिको हालै बसेको बैठकले शान्ति प्रक्रिया टुंगोमा पुगेको निष्कर्ष निकाल्दै सरकारलाई सेनालाई हतियार खरिद गर्न दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले त्यसलाई औपचारिकता दिएको हो ।
मन्त्रिपरिषदले एक सय २ वटा नियमावलीमा रहेका ‘श्री ५’, ‘श्री ५ को सरकार’ ‘अधिराज्य’, ‘महाराज’ जस्ता शब्दावलीहरू गणतन्त्रको मर्म र भावनाबमोजिम नभएकाले त्यसलाई एकमुष्ठ रूपमा संशोधन गर्ने प्रस्ताव थप छलफलका आफ्नो मातहतको विधेयक समितिमा पठाएको छ । विधेयक समितिले त्यो प्रस्तावलाई पारित गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले ती एक सय दुई नियमावली संशोधन गर्ने अध्यादेश जारी गर्नेछ । सरकारले राजतन्त्र अन्त्य भएको ५ वर्षपछि नियमावलीमा रहेका राजतन्त्रकालीन शब्द हटाउन लागेको हो ।
भारतले स्यालो ट्युबवेल जडान गर्न सहयोग गर्ने
भारत सरकारले तराईका विभिन्न जिल्लामा २ हजार ७ सय स्यालो ट्युवेल जडान गर्न २५ करोड ६७ लाख २० हजार रुपैया“ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पौडेलले दिए ।
बैठकले आयात प्रतिस्थापन तथा निकासी प्रवद्र्धन विस्तारका लागि नगद प्रोत्साहन दिनेसम्बन्धी कार्यविधि मस्यौदा थप छलफलका लागि मन्त्रिपरिषदमातहतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले हुलाकी राजमार्ग निर्माणका लागि चितवन र पर्सा जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रमा डोजरलगायत उपकरण सञ्चालनको अनुमतिसमेत दिएको छ ।
मन्त्रिपरिषदले हालै पदोन्नति पाएका सशस्त्र प्रहरी बलका पाँच जना नायब महानिरीक्षकको पदस्थापना तथा सोही पदमा सेवारत छ जनालाई विभिन्न स्थानमा सरुवा गरेको छ ।


No comments:

Post a Comment