Monday, April 29, 2013

नेपाल–भारतको संयुक्त सैनिक टोलीले सगरमाथा आरोहण गर्ने

मन्त्रिपरिषदद्वारा आरोहण दस्तुर मिनाहा
काठमाडौं, १५ वैसाख– नेपाल र भारतका सेनाको २५ सदस्यीय संयुक्त टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । आरोहण टोलीमा नेपाली सेनाका १३ र भारतीय सेनाका १२ जना रहनेछन् । नेपाल–भारत संयुक्त आर्मी एक्सपिडिसन नामक आरोहण दलले आगामी अप्रिल र मे महिनामा सगरमाथा आरोहण गर्नेछन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संयुक्त टोलीलाई आरोहणको अनुमति दिनुका साथै आरोहण दस्तुर २ लाख ५० हजार अमेरिकी डलर (२ करोड २० लाख रुपैया“) छुट दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एव सूचना तथां सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
उपाध्यक्षसहितको चारको राजिनामा स्वीकृत
सरकारले योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र तीन सदस्यले दिएको राजिनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदले पूर्ववर्ती प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका पालामा नियुक्त उपाध्यक्ष क्षेत्री र सदस्यहरू जनकराज शाह, शिवकुमार राई र अब्दुररहिम मिकरानीले दिएको राजिनामा स्वीकृत गरेको हो ।
योग मन्दिरलाई १० लाख अनुदान
मन्त्रिपरिषदले अरविन्द योग मन्दिर नामक संस्थालाई १० लाख रुपैया“ सहायता दिने निर्णय गरेको छ । उक्त संस्थाले खरिद गर्ने एक सवारी साधनमा लाग्ने कर–भन्सार तिरी कर दाखिला गरेको प्रमाण पेस गरेपछि उसलाई सोधभर्नास्वरूप १० लाख रुपया“ अनुदान सहयोग दिने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
सहसचिव शर्माद्वारा
मन्त्रिपरिषदले लोकसेवा आयोगका सहसचिव प्रेमनारायण शर्माले २०७० साल वैसाख १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको छ । हालै सहसचिवमा बढुवा भई लोकसेवामा पदस्थापन भएका शर्माले उमेर अवधि थोरैमात्र बा“की रहेकाले राजिनामा दिएको जानकारी उनका सहकर्मीले दिएका छन् ।
सीटीईभीटीमा लामिछाने नियुक्त
मन्त्रिपरिषदले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिवमा डा. रामहरि लामिछानेलाई चार वर्षका लागि नियुक्ति गरेको छ । सीटीईभीटीमा पहिलोपटक खुल्ला प्रतिस्पर्धा गराई छनौट भएका लामिछानेलाई सरकारले सदस्यसचिव नियुक्त गरेको हो । यसअघिका शिक्षामन्त्रीले आफ्ना कार्यकर्ता, सहयोगी या नातेदारलाई मन्त्रिपरिषदबाट सोझै राजनीतिक नियुक्ति गराउने गरेका आएका थिए ।
अध्यागमनको डीजीमा पौडेल
सरकारले सहसचिव शरदचन्द्र पौडेललाई अध्यागमनको महानिर्देशक (डीजी) को जिम्मेवारी दिएको छ । अध्यागमनका डीजी वसन्त गौतम काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि रिक्त पदमा पौडेललाई जिम्मेवारी दिइएको हो । पौडेल यातायात विभागका डीजी थिए ।

No comments:

Post a Comment