Wednesday, April 3, 2013

वैदेशिक रोजगार विभागको महानिर्देशकमा केसी

काठमाडौं, २१ चैत– श्रम तथा रोजगार मन्त्रालयले सहसचिव विनोद केसीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । सरकारले विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पर्यटन मन्त्रालयमा सरुवा गरेपछि रिक्त पदमा श्रमले सामान्य प्रशासन मन्त्रालयको सहमति लिई केसीलाई पठाएको हो ।
केसी यसअघि श्रम मन्त्रालयको वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्ध महाशाखा प्रमुख थिए । श्रम मन्त्रालयमा पदस्थापना भएर आएका धनबहादुर श्रेष्ठ र कृष्णहरि पुष्कर कर्णलाई महाशाखा तोकिन बा“की छ । श्रम मन्त्रालयमा वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्ध महाशाखा र सामाजिक कल्याण कोष सचिवालयमा सहसचिव पद रिक्त छ । श्रेष्ठ र कर्णलाई ती ठाउ“को जिम्मेवारी दिइने जानकारी श्रम मन्त्रालय स्रोतले दिएको छ ।


No comments:

Post a Comment