Tuesday, April 16, 2013

सञ्चारमन्त्रीद्वारा गोरखापत्रमा एमालेकरण

काठमाडौं, ३ चैत– सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारी मुखपत्र गोरखापत्रका प्रधानसम्पादक सीताराम अग्रहरिलाई हटाएका छन् ।
पौडेलको निर्देशनमा गोरखापत्र संस्थानका महाप्रबन्धक कपिल घिमिरेले अग्रहरिलाई प्रधानसम्पादकबाट हटाई सोमबार मधुपर्क मासिकमा सरुवा गरेको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार मधुपर्क मासिकमा १० तहका पत्रकारलाई मात्र सम्पादक बनाउने गोरखापत्र संस्थानको विनियमावलीविपरीत एघार तहका अग्रहरिलाई सरुवा गरेका हुन् ।
पौडेलको निर्देशनमा घिमिरेले दसौं तहका पत्रकार पुष्कर माथेमालाई गोरखापत्रको प्रधानसम्पादक नियुक्त गरेका छन् । माथेमा राइजिङ नेपालका प्रधानसम्पादकसमेत भइसकेका हुन् ।पौडेलले संस्थानमा कर्मचारीबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सदस्यसमेत परिवर्तन गरेका छन् । सदस्य कुमार विवेकानन्द मिश्रलाई हटाई श्रीधर आचार्यलाई ल्याइएको छ ।
गोरखापत्रमा महत्वपूर्ण पदमा ल्याइएका दुवै जना पत्रकार एमालेको भातृ संगठन प्रेस चौतारीमा आवद्ध छन् । पौडेल मन्त्रिपरिषद्मा एमालेको कोटामा मन्त्री भएका हुन् । त्यही कारण उनले आगामी संविधानसभा चुनावमा गोरखापत्रलाई एमालेको प्रचार प्रोपोगाण्डा बनाउन एमालेकरण गरेका हुन् । पौडेलले आफ्नो प्रेस सल्लाहकारसेमत एमाले सम्बद्ध पत्रकार मात्रिका पौडेललाई नै बनाएका छन् ।

No comments:

Post a Comment