Friday, January 31, 2014

सफा बागमतीका चुनौती

काठमाडौं, १६ माघ– सरकारले आगामी चार वर्षमै बागमतीलाई नुहाउन र पौडी खेल्नयोग्य नदी बनाउने महत्वाकांक्षी र अत्यावश्यक योजना अघि सारेको छ । काठमाडौं उपत्यकाका तीनवटै सहरको ढल र फोहोरले बागमती ‘ढलमती’ हुन पुगेको धेरै समय भइसकेको छ । उपत्यकाको जनसंख्या वृद्धि संख्या“गै धार्मिक दृष्टिले महत्वपूर्ण बागमती दिनानुदिन दुर्गन्धित र नजिक जा“दा नाक थुन्नुपर्ने अवस्था विद्यमान छ ।  बागमती र यसका सहायक नदी र खोलाको दुर्गन्धले पूरै राजधानीसमेत प्रदूषित र दुर्गन्धित बन्न पुग्नु राजधानीबासीका लागिमात्र सिंगो मुलुकका लागि चिन्ताको विषय बन्दै आएको छ । आसपासका क्षेत्रमा नदीको दुर्गन्धले महामारी नै फैलने खतरासमेत बढ्दै गएको छ । विश्वकका १ सय ७८ प्रमुख सहरमध्येमा काठमाडौं सबभन्दा प्रदूषित सहरमा परेको छ । अमेरिकाको येल युनिभसिर्टीले हालै गरेको प्रदूषण सर्वेक्षणमा काठमाडौं संसारकै प्रदूषित सहरमा परेको हो । यसले संसारभर नेपालप्रति गलत सन्देश गएको छ, जसले गर्दा मुलुकको पर्यटन विकासमा समेत नकारात्मक असर पर्ने सम्भावना बढ्दो छ । बागमती दुर्गन्धित भएको धेरै वर्ष बितिसक्ता यसलाई सफा बनाउन कुनै ठोस पहलकदमी गरिएको थिएन । यसैबीचमा सरकारले यसलाई सफा र कञ्चन बनाउने योजना अघि सारी कार्यान्वयन सुरु गर्न लाग्नु आफैंमा सकारात्मक र प्रशंसनीय कार्य हो । यस्तो सत्कर्म धेरैअघि ने कार्यान्वयन गरिसक्नुपथ्र्यो ।
बागमतीमा वर्षैभरि घुडाको लेभलसम्म, त्यो पनि सफा र कञ्चन पानी बगाउने र दुवैतिर हरियालीयुक्त उद्यान बनाउने कार्य आफैंमा चुनौतीपूर्ण छ । मुलुकमा सरकारले राम्रा योजना अघि सार्ने, तर धेरैजसो कार्यान्वयन नहुने प्रवृत्ति छ । बागमतीलाई ढलमुक्त र सफा बनाउने सरकारको यो योजनाको पनि त्यही नियति दोहोरिने हो कि भन्ने खतरासमेत छ । पशुपति मन्दिर परिसरमा बागमतीको पानीलाई सुरुङभित्र लगेर प्रशोधन गर्ने कार्यसमेत लोडसेडिङको चपेटामा बेलाबेलामा अवरुद्ध हुने गरेको छ । एउटा सानो प्रशोधन केन्द्रलाई समेत चौबीसै घन्टा बिजुली दिन नसक्ने सरकारले पूरै बागमती सफा गर्ने त्यति ठूलो र खर्चिलो योजनाको कार्यान्वयन गर्ने र यसलाई दिगो बनाउने काम कसरी गर्न सक्ला भन्ने प्रश्नसमेत स्वभाविक रूपमा उठेको छ । तीन दसकअघि पूरै भक्तपुर सहरको ढल र फोहोर प्रशोधन गरी नुहाउनयोग्य पानी हनुमन्ते खोलामा खसाल्न र ठोस फोहोर अन्यत्र व्यवस्थापन गर्न सल्लाघारी नजिक जर्मनीको सहयोगमा बनाइएको प्रशोधन केन्द्र एक वर्ष नपुगी असफल हुन पुगेको उदाहरणसमेत हाम्रा सामु छन् । सहरी विकास मन्त्रालयले बागमतीलाई सफा बनाउने योजनालाई सफल बनाउन भक्तपुरको प्रशोधन केन्द्रको असफलताबाट पाठ सिक्नु जरुरी छ ।
मुहान क्षेत्र सुन्दरीजलमाथिको शिवपुरी जलाधार क्षेत्रमा उच्च बा“ध बनाएर वर्षायामको पानी जम्मा गर्ने र बागमतीमा पानीको बहाव घटेपछि हिउ“ददेखि वर्षायाम सुरु नभएसम्म एकनासले सफा पानी छाड्ने र नदीका दुवै किनारामा ठूलो ढल बनाएर बागमतीलाई दुई वर्षमै ढलमुक्त बनाउने योजना अघि सारिएको छ । यसका अतिरिक्त बागमती किनारामा दुवैतर्फ निर्माण गरिने ढललाई आगामी चार वर्षमा पा“च ठाउ“मा अत्याधुनिक प्रशोधन केन्द्र निर्माण गरी प्रशोधन गरेर नुहाउन योग्य पानी नदीमा खसाल्ने र ठोस फोहोर अन्यत्रै व्यवस्थापन गर्ने योजना अघि सारिएको छ । सहरी विकास मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा जुन योजना अघि सारेर कार्यान्वयनमा जान लागेको छ, त्यो सफल भयो भने बागमती दुर्गन्धमुक्त भई सफा, कञ्चन हुनेछ, त्यसले राजधानीका तीनवटै सहरको मुहार फेरिनेछ भने काठमाडौं सहर संसारका दुर्गन्धितबाट सफा सहरको सूचीमा पर्न सक्छ ।
ागमतीलाई सफा र कञ्चन बनाउन एडीबीको ऋण र सरकारी ढुकुटीबाट गरी २० अर्ब रुपैया“ खर्च गरिंदैछ । योजना सम्पन्न हु“दासम्म यसको लागत अझ धेरै बढ्न सक्छ । यो योजना सहरी विकास मन्त्रालयको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको संयोजनमा अघि बढाइ“दैछ । समितिको अध्यक्षमा राजनीतिक नियुक्ति हुने गरेको छ । ठूलो बजेट देखेर समितिलाई कमाउने अखडा बनाउन सक्षम र योग्यलाई भन्दा आफ्ना चाकरीदारलाई भर्ती गरियो भने यो योजना असफल हुन पुग्नेछ । तसर्थ यो योजनालाई सफल बनाउन यसलाई राजनीतिमुक्त राखिनु अपरिहार्य छ । राजधानीलाई नै सफा बनाउने यो आकर्षक योजना असफल भयो भने २० अर्ब रुपैया“मात्र खेर जाने छैन कि पुनः बागमतीलाई सफा बनाउने अर्को योजना कसैले पनि अघि सार्न सक्ने छैन । त्यस्तो अवस्था आयो भने राजधानीको एउटा नदीसमेत सफा राख्न नसक्ने भनेर भावी पुस्ताले सराप्ने दिन आउ“छ भन्ने यथार्थ सरकारमा बनाउन आतुर प्रमुख दलहरूले बेलैमा बुझ्नु अपहिरार्य भएको छ ।

No comments:

Post a Comment