Monday, June 1, 2020

जातीय विभेदको घटना छानबिन गर्न मानव अधिकार टोली प्रस्थान

काठमाडौं, १९ जेठ– अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० मा रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको स्थलतगत अनुसन्धान र अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोली आइतबार रुकुम प्रस्थान गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वको टोलीले घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको छानबिन एवं शान्ति सुरक्षाको कार्य सम्बन्धमा अनुसन्धान र अनुगमन गर्ने जनाएको छ । .

आयोगले विज्ञप्तिमा जातीय विभेदसँग सम्बन्धित अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानुनबमोजिम कारबाही गर्ने प्रक्रियामा सहयोग गर्न जनप्रतिनिधि, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीयबासीलाई आग्रह गरेको छ ।



No comments:

Post a Comment