Sunday, June 7, 2020

नेपाल सचिवमा बढुवा

काठमाडौं, २४ जेठ– सरकारले सहसचिव विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव नेपाललाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो । उनलाई पदस्थापन गर्न भने बाँकी छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको बढुवा समितिको बैठकले प्रशासन समूहका रिक्त सचिवमा बढुवा गर्न सहसचिवत्रय गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपालको नाम सिफारिस गरेको थियो ।

हाल शिक्षा, सञ्चार र श्रम मन्त्रालयमा सचिव पद रिक्त छ । तीन सचिव छुट्टाछुट्टै मितिमा रिक्त भएकाले निजामती सेवा ऐनअनुसार पहिलो चरणमा एउटा पदमा मात्र बढुवा गरिएको हो । बाँकी दुई सचिव पदका लागिसमेत दुई चरणमा बढुवा समितिले नाम सिफारिस गर्ने छ ।

No comments:

Post a Comment