Thursday, March 1, 2012

कृषिमन्त्रीले गठबन्धन धर्म तोडेकामा प्रधानमन्त्रीलाई धम्क्याए

काठमाडौं, १८ फागुन- मधेशी जनअधिकार फोरम गणतान्त्रिक का संसदीय दलका उपनेता एवं कृषि मन्त्री नन्दनकुमार दत्तले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी सत्ता गठबन्धनको संस्कृतिविपरीत कार्य गरेकामा आपत्ति जनाएका छन् ।
गणतान्त्रिकको भागबण्डामा परेको सूचना तथा साचार मन्त्रालय आफ्नो पार्टीका दुई मन्त्री (दत्त र राजलाल यादव) मध्ये कसैलाई नदिई प्रधानमन्त्री भट्टराईले गठबन्धनको धर्मविपरीत आफैंले राखेकामा आफूले भेटेर आपत्ति जनाएको जानकारी दत्तले दिए ।
सूचनामन्त्री एवं गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्ता सर्वोच्च अदालतको फैसलाबाट भ्रष्टाचार अभियोग ठहर भई जेल परेपछि उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हालेका छन् ।
'हाम्रो पार्टीको भागबन्डामा परेको साचार मन्त्रालय हाम्रो पार्टीका मन्त्रीलाई नदिई तपाईं आफैंले राखेर गठबन्धनको धर्म तोड्नुभयो । प्रधानमन्त्रीले नै गठबन्धनको धर्म तोडेपछि हाम्रो पार्टीमा सरकारमा किन बसिरहने भनेर असन्तुष्टि बढिहरेको छ भन्ने कुरा मैले प्रधानमन्त्रीलाई भेटेर हाम्रो संसदीय दलका तर्फबाट आपत्ति जनाएँ' दत्तले भने ।
दत्तका अनुसार प्रधानमन्त्रीले सूचना मन्त्रालय आफ्नो मातहतमा राखिरहने सोच आफूमा नभएको स्पष्टीकरण िदंदै गणतान्त्रिकले निर्णय गरेर नाम दिने बित्तिकै आफूले तत्काल सूचना तथा साचारमन्त्री नियुक्त गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । दत्तले सोमबार आफ्नो पार्टीको पदाधिकारी बैठक बस्ने र त्यसले सूचनामन्त्रीमा कसलाई पठाउने भनेर निर्णय गर्ने जानकारी दिए ।

No comments:

Post a Comment