Monday, March 5, 2012

आयोगद्वारा सरकारसित कैद मिनाहाको विवरण माग

काठमाडौं, २२ फागुन- मानव अधिकार आयोगले प्रजातन्त्र दिवसका दिन कैद मिनाहा गरी रिहा गरिएका ३ सय ४९ जनाको सजाय मिनाहाको आधारसहितको विवरण सरकारसित माग गरेको छ । कुन-कुन मुद्दामा जेल परेका के कति जनालाई के आधारमा सजाय माफ गरी कैदमुक्त गरिएको हो भनेर आयोगले जानकारी आयोगका सदस्य गौरी प्रधानले दिए । गृह मन्त्रालयका अनुसार विभिन्न मुद्दामा अभियोग प्रमाणित भई ७० प्रतिशत कैद भुक्तान गरेका र राम्रो आचरण भएका देशभरका ३ सय ४९ कैदीलाई मन्त्रिपरिषदको फागुन ४ को निर्णयअनुसार बाँकी सजाय मिनाहा गरी प्रजातन्त्र दिवसको अवसर पारी रिहा गरिएको हो ।
आयोगले आफूले कारबाहीको सिफारिस गरेका व्यक्तिसमेत कैद मिनाहामा परेका छन् कि भनेर छानबिन गर्न सजाय मिनाहा दिने मन्त्रिपरिषदको निर्णय र त्यसको आधारसमेत माग गरिएको प्रधानले बताए । 'आयोगको निर्णय अनुसार को कति व्यक्ति र कुन कुन मुद्दामा जेल परेका व्यक्तिको कैद मिनाहा भएको भनेर विवरण दिन सरकारलाई चिठी पठाएका हौं । आपत्ति जनाएको होइन । हामीले आयोगले कारबाहीको सिफारिस गरेका व्यक्ति पनि कैद मिनाहामा परेका छन् कि भनेर बुझ्न खोजेको हो' प्रधानले भने ।

No comments:

Post a Comment