Thursday, March 1, 2012

िसंहदरबारमा सबभन्दा ठूलो र क्लासिकल भवन बन्ने

काठमाडौं, १८ फागुन- िसंहदरबारभित्र हालसम्मकै सबभन्दा ठूलो सरकारी भवन बन्दैछ त्यो अत्याधुनिक र कलात्मक दुवै हुनेछ । सरकारले राष्ट्रिय योजना आयोगका लागि िसंहदरबारको पुतली बगैंचामा अत्याधुनिक भवन बनाउन लागेको हो । अब छिट्टै ठेक्का आह्वान गरी आगामी असार महिनादेखि निर्माण थालिने जानकारी िसंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेलवासेले जानकारी दिए । उनका अनुसार भवन आगामी तीन वर्षमा तयार हुनेछ । सरकारले आयोग भवन निर्माणका लागि सार्वजनिक आह्वान गरी ुकन्सेप्ट डिजाइनु तयार गराएको छ । १४ प्रतिस्पर्धीमध्येबाट कन्सल्ट्यान्ट कम्पनी ुए नट आर्किटेक्चर एन्ड आर्किटेक्ट्सु ले आयोग भवनको कन्सेप्ट डिजाइन तयार गरेको हो । हाल बीडीए नामक कन्सल्ट्यान्ट कम्पनीले कन्सेप्ट डिजाइनका आधारमा भवनको डिजाइन अन्तिम चरणमा पुर् याएको छ ।' सरकारले आयोगका दीर्घकालीन सोच राखेर अत्याधुनिक र सुविधासम्पन्न भवन बनाउन लागेको हो । यो भवन िसंहदरबारको मूल भवनभन्दा केही भिन्न ुक्लासिकलु र अत्याधुनिक दुवै हुनेछ' बेलवासेले भने । बीडीएले १३ रोपनी १ आना जग्गामा आयोग भवन बनाउन ६८ करोड रुपैयाँ लागत लाग्ने जानकारी समितिलाई गराएको छ । उसले चैत १५ सम्ममा डिजाइन सकेर सचिवालय बुझाउनेछ त्यसलगत्तै समितिले भवन निर्माणका लागि ठेक्का आह्वान गरी ठेकेदार छनौट गरेर असारदेखि निर्माण थाल्नेछ । राणाकालीन भवनलाई छाडेर यो सरकारद्वारा निर्माण हुने सबभन्दा बढी लागतको र ठूलो सरकारी भवन हुने जानकारी समितिका अधिकारीले दिए । िसंहदरबारभित्रै निर्माण भइरहेको सबभन्दा महँगो शिक्षा मन्त्रालयको भवनको लागत १८ करोड रुपैयाँ छ । िसंहदरबारबाहिर बबरमहलमा काठमाडौं जिल्ला अदालतको अर्को ठूलो भवन निर्माण भइरहेको छ त्यसको निर्माण लागत २३ करोड रुपैयाँ छ । लागतका हिसाबले जल्ला अदालतभन्दा आयोग भवन दोब्बर ठूलो हुनेछ ।
यो कलात्मक तथा अत्याधुनिक भवनको विशेषता भूमिगत पार्किङ, लिफ्ट, ६ सय जना अट्ने क्षमताको सभाकक्ष, सोलार ऊर्जाबाट बत्ती बाल्नेमात्र होइन कम्प्युटरलगायतका इलेक्ट्रोनिक सामान चलाइने रहेको जानकारी समितिका अधिकारीले दिए । त्यस अतिरिक्त यो भवनमा विकास परिषद हल आयोगका उपाध्यक्षसहित सात जना सदस्य र सदस्यसचिवका आधुनिक र सुविधासम्पन्न कार्यालय ८ वटा महाशाखा विभिन्न शाखाका लागि कार्यकक्ष आयोगको सभाकक्षसहित सुविधासम्पन्न कार्यालय कोठाहरु रहनेछन् । पाँचतले भवनका सबै कोठामा शारीरिक अशक्तता भएका व्यक्ति जान सक्ने अपांगमैत्री बनाइनेछ । िसंहदरबारभित्र भूमिगत पार्किङ र ६ सय जना अट्ने क्षमताको सभाकक्ष भएको पहिलो, लिफ्ट भएको तेस्रो भवन हुनेछ । हाल प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयमा मात्र लिफ्टको सुविधा छ । हाल आयोगको कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको िसंहदरबार मूल भवनमा रहेको छ । उक्त भवनमा रक्षा मन्त्रालय र आयोगसमेत रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ठाउँ अपुग भएकाले आयोगका लागि नयाँ भवन बनाउन लागिएको हो ।








No comments:

Post a Comment