Tuesday, March 6, 2012

तीन वरिष्ठलाई पन्छाएर उपसचिवलाई महानिर्देशकको जिम्मेवारी

काठमाडौं, २३ फागुन- उद्योग मन्त्रालयले गुणस्तर तथा नापतौल विभागमा एक जना सहसचिव र दुई जना वरिष्ठ उपसचिवलाई अन्यत्र सरुवा गरी कनिष्ठ उपसचिव राम अवतार साहलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।
उद्योग मन्त्री अनिल झाले मन्त्रालयस्तरीय निर्णय गराई सहसचिव रमेश स्थापित, वरिष्ठ उपसचिवद्वय प्रकाशमणि अधिकारी र रोमी मानन्धरलाई अन्यत्र सरुवा गरी साहलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
वरिष्ठ उपसचिवद्वय अधिकारीलाई खानी विभागमा र मानन्धरलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयका साहभन्दा कनिष्ठ उपसचिव प्रभातकुमार िसंहलाई भने गुणस्तर विभागमा सारिएको छ । उद्योग मन्त्रालयले सहसचिव स्थापितलाई यसअघि नै खानी विभागमा सरुवा गरिसको थियो । गुणस्तर विभागमा सहसचिवको तीन दरबन्दी भए पनि स्थापितको अन्यत्र सरुवा गरिएको र दुई पद रिक्त भएकाले उपसचिवलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

No comments:

Post a Comment