Friday, September 13, 2013

नेपाल–भारत जलस्रोत बैठक सुरु

धेरै एजेन्डामा सकारात्मक छलफल : नेपाली अधिकारी
काठमाडौं, २७ भदौ– नेपाल र भारतबीच बिहीबार राजधानीमा जलस्रोत बैठक सुरु भएको छ । नेपाल–भारत जलस्रोत संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) को बैठकमा दुई पक्षबीच महाकाली सन्धिका महत्वपूर्ण बु“दा कार्यान्वयन सुरु गर्ने, नदी नियन्त्रण, डुबान समस्या, कोसी उच्च बा“ध, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका सवालमा छलफल भएको जानकारी सहभागी नेपाली अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार दुई पक्षबीच सबैजसो एजेन्डामा विचारविमर्श भएको र महाकाली सन्धिअनुसार टनकपुर र शारदा ब्यारेजबाट भारतले कञ्चनपुर जिल्लामा सिंचाइका लागि पानी उपलब्ध गराउनेलगायतका विषयमा सकारात्मक छलफल भएको छ ।
बैठक सिंचाइ विभागका महानिर्देशक शिवकुमार शर्मा र भारतको ‘सेन्ट्रल वाटर कमिसन’ का अध्यक्ष एवं भारतीय सरकारका सहसचिव विभास कुमारको नेतृत्वमा भइरहेको छ । ती अधिकारीका अनुसार बैठकमा नेपालले महाकाली सन्धिअनुसार भारतसमक्ष टनकपुर ब्यारेजबाट कञ्चनपुर जिल्लामा सिंचाइका लागि २८.३५ क्युमेक तथा शारदा ब्यारेजबाट महाकाली पारीका दुई गाविस चा“दनी र दोधाराका लागि १० क्युमेक पानी तत्काल दिनुपर्ने अडान दोहो¥याएको छ ।
बैठकमा नेपालले टनकपुर ब्यारेजबाट समुदी सतहबाट २४१.५ मिटर लेभलबाट पानी दिनुपर्ने अडान पुनरावलोकन गरी २४४.२५ मिटरको लेभलबाट पानी दिन नया“ प्रस्ताव गरेको छ । सन् २०११ मा भएको जलस्रोत सचिवस्तरीय बैठकमा भारतीय पक्षले नेपालले २४१.५ मिटरको अडान छाडेर लेभल बढाउन तयार भए त्यसमा सहमति गर्न सकिने आश्वासन दिएकाले यसपटक नेपालले २४४.२५ मिटर लेभलबाट पानी दिन डिजाइनसहित प्रस्ताव गरेको हो । भारतीय अधिकारीले नेपालको नया“ प्रस्तावलाई सकारात्मक रूपमा लिंदै त्यसमा अध्ययन गरी संयुक्त प्राविधिक समितिको अर्को बैठकमा सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा नेपाली पक्षले महाकाली सन्धिअनुसार शारदा ब्यारेजबाट चा“दनी र दोधारामा सिंचाइका लागि शारदा नहरबाट १० क्युमेक पानी उपलब्ध गराउनसमेत डिजाइनसहितको प्रस्ताव गरेको छ । यसमा समेत भारतीय पक्ष सकारात्मक रहेको बैठकमा सहभागी सिंचाइ विभागका एक अधिकारीले दिए ।
बैठकमा महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माणका लागि अध्ययन कार्य अघि बढाउन महाकाली नदीमा दुइटा झोलुंगे पुल बनाउनेबारे छलफल सकारात्मक अगाडि बढेको छ । भारतबाट आएर आयोजनाको नेपालतर्फको भागमा आएर अध्ययन कार्य अघि बढाउन रुपालीगाढ र पञ्चेश्वरमा दुइटा पुल बनाउनु अनिवार्य छ ।
बैठकमा नेपाल–भारतबीच निर्माणाधीन ४ सय केभीको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई तीव्रता दिई निर्धारित मितिमा सम्पन्न गर्ने र रूपन्देही–गोरखपुरबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अध्ययन अघि बढाउनेबारेमा समेत छलफल भएको छ ।
बैठकमा राप्ती नदीमा पा“च किमी लामो तटबन्ध र नौमुरे जलाशययुक्त आयोजना निर्माण, महलीसागरलगायतका भारतीय बा“ध र तटबन्धका कारण नेपाली भूमिमा परेको समस्या समाधान तथा गण्डक सम्झौताबमोजिम नहर मर्मत गरी शर्तअनुसार नेपाललाई सिंचाइका लागि पानी उपलब्ध गराउनेबारेमा समेत छलफल भएको थियो । गण्डक सम्झौताअनुसार नवलपरासीतर्फ पानी लैजान समस्या नभए पनि पूर्वतर्फ बारा र पर्साको सिंचाइका लागि नहर मर्मतको अभावले नेपालले आवश्यकताअनुसार पानी पाउन सकेको छैन । नेपालले भारतसमक्ष नहर मर्मत गरी गण्डक सम्झौताअनुसार बारा र पर्साका लागि ८ सय ५० क्युसेक पानी छाड्न आग्रह गरेको र त्यसमा भारतीय पक्षले सकारात्मक आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ ।
बैठकमा भारतीय पक्षले कोसी उच्च बा“ध निर्माणका लागि संयुक्त रूपमा भइरहेको अध्ययन कार्यमा स्थानीयबासीबाट भइरहेको अवरोधको प्रसंग उठाउ“दै नेपाललाई पर्याप्त सुरक्षा व्यवस्था गरी निर्वाध अध्ययन कार्य अघि बढाउन दिन तथा पर्साबाट भारततर्फ बग्ने सिर्सिया नदीको प्रदूषणबाट आफ्नो भूभागमा समस्या परेको उल्लेख गर्दै सिर्सियालाई प्रदूषणमुक्त बनाउनुपर्ने मुद्दा उठाएको छ ।
नेपाल–भारत संयुक्त जलस्रोत प्राविधिक समितिको बैठक शुक्रबार पनि जारी रहनेछ । शुक्रबारको वार्तापछि दुवै पक्षले बैठकमा उठेका र समझदारी भएका बु“दामा ‘माइन्युट’ गरी हस्ताक्षर गरिने र त्यसलाई विज्ञप्तिका रूपमा जारी गरिने जानकारी सहभागीले दिए । भारतमा हुने समितिको अर्को बैठक छिट्टै बोलाउने समझदारीसमेत भएको छ ।






No comments:

Post a Comment