Tuesday, September 3, 2013

छ सहसचिव अख्तियारमा सरुवा

काठमाडौं, १७ भदौ– सरकारले छ सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अख्तियारमा सरुवा गरेका सहसचिवमा सामान्य प्रशासनका मुकुन्दराज पन्थी, गृह मन्त्रालयका हरिराज पन्त, रामाधीन यादव, दुर्गाप्रसाद पोखरेल र सुरक्षा परिषद सचिवालयका विश्वनाथ ढकाल तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिक सहसचिव किशोरनाथ गंगोल छन् ।
अख्तियारकै प्रस्तावमा मन्त्रिपरिषदले उनीहरूलाई सरुवा गरेको हो । अख्तियारका पा“च विकास क्षेत्रमा खोल्न लागिएका क्षेत्रीय कार्यालयका लागि सामान्य प्रशासन समूहका पा“च सहसचिव सरुवा गरिएको हो । प्राविधिक सहसचिव भने अख्तियारको केन्द्रमा रहनेछन् । सरकारले अख्तियारको प्रस्तावमा यसअघि नै पा“च विकास क्षेत्रमा अख्तियारका पा“च क्षेत्रीय कार्यालय खोल्ने निर्णय गरेको थियो । यी सहसचिव क्षेत्रमा खटिएपछि अख्तियारको धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दीपायलमा क्षेत्रीय कार्यालय औपचारिक रूपमा खुलेर कार्य सुरु गर्नेछ ।
ती कार्यालयलाई आफ्नो विकास क्षेत्रभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले गर्ने भ्रष्टाचार या अख्तियार दुरुपयोगको अनुसन्धान तहकिकात गरी मुद्दा चलाउन केन्द्रलाई सिफारिस गर्न सक्ने अधिकार दिइएको छ ।


No comments:

Post a Comment