Friday, September 6, 2013

कोइरालालाई काठमाडौंबाट चुनाव लड्न आग्रह

काठमाडौं, २० भदौ– नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिले पार्टी सभापति सुशील कोइरालालाई आफ्नो जिल्लाको कुनै पनि क्षेत्रबाट आगामी संविधानसभा चुनावमा उम्मेदवार हुन आग्रह गरेको छ ।
कांग्रेसको काठमाडौं जिल्ला समितिको बिहीबार बसेको बैठकले कोइरालालाई आफ्नो जिल्लामा रोजेको क्षेत्रबाट चुनाव लड्न आग्रह गरेको हो ।
काठमाडौं कांग्रेसद्वारा जारी विज्ञप्तिमा बैठकले सर्वसम्मतिबाट कोइरालालाई काठमाडौंबाट चुनाव लडेमा अत्याधिक मतले जिताउने प्रतिबद्धतासमेत व्यक्त गरेको उल्लेख छ । काठमाडौं कांग्रेसले जिल्लाका दसवटै क्षेत्रमा पार्टी क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारहरूका सम्बन्धमा अर्को बैठकमा छलफल गरी आफ्नो रायसुझावसहित केन्द्रीय समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment