Friday, September 20, 2013

अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ३ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय धनुषाका तत्कालीन शाखा अधिकृत रामनरेश रायसहित १० जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धनुषा जिल्ला बसहिया–९ स्थित गुठी संस्थानको नाममा दाखिल खारेज गराउन बा“की मृतक रवि गिरीको नाममा रहेको सवा एक बिघा जग्गा नक्कली व्यक्तिको नाममा दर्ता गरी उनीहरूले भ्रष्टाचार गरेको उल्लेख गर्दै अख्तियारले दायर मुद्दामा बिगो ५ लाख २२ हजार ५ सय रुपैया“ कायम गरी भ्रष्टाचार ऐनबमोजिम उनीहरूमाथि हदैसम्म सजाय गर्न मागदाबी गरेको छ ।
मुद्दा दायर गरिएकामा मालपोत कार्यालय धनुषाका तत्कालीन शाखा अधिकृत राय, नासु परमेश्वर साह, अरुणकुमार ठाकुर, मोहनदत्त कायस्थ, मालपोत कार्यालय सिराहाका नासु मुकुन्दप्रसाद कोइराला, गंगाप्रसाद साह, हरिनारायण ठाकुर, खरिदार राजकिशोर चौधरी, लेखापढी व्यवसायी गुरुदयाल यादव (सिराहा), जानकीशरण यादव (धनुषा) र आफ्नो नाममा जग्गा दर्ता गराउने पंचा महतो कोइरी छन् ।
सिन्धुलीका अम्बर गिरीको नागरिकता प्रमाणपत्रमा अन्य व्यहोरा यथावत् राखी अम्बर गिरीको स्थानमा रवि गिरी र वीरबहादुर गिरीको स्थानमा राम गिरी बनाई मालपोत कार्यालय धनुषामा रहेको मृतक रवि गिरीको नामको उक्त जग्गाको धनीपुर्जाको प्रतिलिपि २०६६ पुसमा निकालिदिने नक्कली रवि गिरी र लिने महोत्तरीका पंचा महतो कोइरीले कर्मचारीसितको मिलेमतोमा मालपोत कार्यालय सिराहाबाट रजिष्ट्रेसन पारित गरएका थिए ।
गुठी संस्थानको नाममा दाखिल खारेज गराउन बा“की उक्त जग्गाको लिखित मूल्य ५ लाख २२ हजार ५ सयमात्र कायम गरी मालपोत कार्यालय धनुषाबाट कोइरीको नाममा दाखिल खारेज गरी भ्रष्टाचार गरिएको अख्तियारले मुद्दामा दाबी गरेको छ ।
नक्कली व्यक्तिले मृतक रवि गिरीको नाममा रहेको गुठीको नाममा दाखिल खारेज हुनुपर्ने जग्गा मालपोत कार्यालय सिराहा र धनुषाका कर्मचारीहरूको संलग्नतामा व्यक्तिको नाममा दर्ता तथा भोगचलन गराएको र भ्रष्टाचार गरी उक्त गैरकानुनी कार्य गर्ने÷गराउनेमा संलग्न रायसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।





No comments:

Post a Comment