Thursday, September 12, 2013

रेग्मीद्वारा दसैंअघि नै राजधानीका सडक सुधार गरिसक्न निर्देशन

काठमाडौं, २६ भदौ– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले भौतिक पूर्वाधार मन्त्रालय र मातहतका अधिकारीहरूलाई उपत्यकामा विस्तारित मुख्यमुख्य सडकको निर्माणमा दशैं अगाडि नै देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार भएको विस्तारित सडकको प्रगति समिक्षा बैठकमा रेग्मीले राजधानीमा महत्वपूर्ण सडक पानी परे हिल्लामे हुने र घाम लागे धुलो उड्ने स्थितिमा तत्काल सुघार ल्याउनसमेत निर्देशन दिएका छन् ।
उनले भदौ १५ सम्म सम्पन्न गर्ने गरी लक्ष्य तोकिएको काम सन्तोजनक ढंगले भएको टिप्पणी गर्दै  काममा थप क्रियाशीलता ल्याउन र गुणस्तरमा ध्यान दिन आग्रह गरे । उनले विस्तारित सडक निर्माणमा ठेकेदारहरूलाई विशेष रूपमा परिचालन गर्न आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज पन्तले गुणस्तरीय ढंगले निर्माणको काम तदारुकताका साथ भइरहेको बताएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बा“स्कोटाले उपत्यकाको विस्तारित सडक निर्माणमा सन्तोषजनक प्रगति भएको बताए ।
उनका अनुसार भदौ १५ सम्म तोकिएको लक्ष्यमा केही काम तोकिए अनुसार नभए पनि असीदेखि नब्बे प्रतिशतको हाराहारीमा सम्पन्न भएको बताए । भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले यस अवधिमा सक्ने भनिएको कालोपत्रे गर्ने काम भने मौसमको कारण हुन नसकेको जानकारी गराएका थिए ।

No comments:

Post a Comment