Saturday, September 14, 2013

अनुभवहीन नेपाललाई गृह सचिवको जिम्मा

काठमाडौं, २८ भदौ– सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जनार्दन नेपाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ । गृह सचिव नवीन घिमिरेले ५८ वर्ष उमेर पूरा गरी शुक्रबार अनिवार्य अवकास पाएपछि मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उनको ठाउ“मा नेपाललाई ल्याएको हो ।
आसन्न संविधानसभा चुनावमा देशभर उम्मेदवारहरूलाई निर्वाध रूपमा प्रचारप्रसार गर्न दिन तथा आम मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था गर्न गृहले प्रभावकारी सुरक्षा योजना बनाई लागू गर्नुपर्ने बेला गृह प्रशासनको कुनै अनुभव नभएका नेपाललाई गृह सचिवको जिम्मेवारी दिइएको हो ।
नेपाल शिक्षा सेवाका कर्मचारी हुन् । गृह प्रशासनको लामो अनुभव भएका सचिवहरू सुशील घिमिरे, ध्रुव शर्मा, जयमुकुन्द खनाल, विश्वप्रकाश पण्डित र माधव रेग्मी हु“दाहु“दै सरकारले शिक्षा सेवाको मात्र अनुभव भएका नेपाललाई गृह सचिव बनाएको हो ।
खतिवडाको राजिनामा स्वीकृत
यसैबीच मन्त्रिपरिषदले शान्ति मन्त्रालयका सचिव धरणीधर खतिवडाले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । ५८ वर्ष उमेर पूरा गरी असोज २३ मा अनिवार्य अवकास पाउन लागेका खतिवडाले एक महिनाअघि राजिनामा दिएका हुन् । मन्त्रिपरिषदले वाणिज्य तथा आपूर्ति र शान्ति मन्त्रालयमा रिक्त सचिवमा कसैलाई पनि सरुवा गरेको छैन ।



No comments:

Post a Comment