Wednesday, September 25, 2013

अख्तियारद्वारा वन र जिविसका १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्लाका तत्कालीन वन अधिकृत हरिनारायण मण्डल र जिल्ला विकास समिति महोत्तरीका इन्जिनियर विनोदकुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले नवलपरासीको प्रस्तावित मधुवन सामुदायिक वनसहित विभिन्न ठाउ“बाट बहुमूल्य वन पैदावर मासी आफू र आफू सम्बद्ध व्यक्तिहरूलाई लाभ पु¥याई राज्यलाई ३५ लाख ५४ हजार रुपैया“ हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन वन अधिकृत मण्डलसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
राष्ट्रिय वन पैदावर मासेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएकामा मण्डलका अतिरिक्त बर्दघाट इलाका वन कार्यालयका प्रमुख श्यामकुमार चौधरी, सहायक वन अधिकृत डिल्लीराम चापागाईं, वन रक्षकत्रय सुरेन्द्र बानिया“, महेन्द्र राजभार, हरि बानिया“ छन् । त्यसैगरी प्रस्तावित मधुवन सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष पद्मबहादुर गुरुङ, उपाध्यक्ष बेगमबहादुर बुढाथोकी, सचिव राजेश चौधरी, सहसचिव तुकबहादुर थापामगर र कोषाध्यक्ष शेरबहादुर कामु मगरलाई राष्ट्रिय वन फ“डानी गरी आफू र वनका कर्मचारीहरूलाई फाइदा पु¥याई भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको मद्दामा उल्लेख छ ।
जिल्ला वनका कर्मचारी र वन उपभोक्ता समूहका पदाधिकारीलाई राज्यलाई ३४ लाख ५४ हजार हानि नोक्सानी पु¥याई व्यक्तिगत लाभ लिएर भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय तथा बिगोबराबरको जरिवाना तथा हर्जाना गर्न अख्तियारले मुद्दामा माग दाबी गरेको छ ।
जिल्ला विकास समिति महोत्तरीका इन्जिनियर ठाकुरले निमित्त स्थानीय विकास अधिकारी हु“दा सडक निर्माणका लागि विनियोजित ४० लाख रुपैया“ निर्देशिकाविपरीत कागजमा खर्चमा भएको देखाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीसहित पा“च जनाविरुद्ध मुद्दा दायर गरेको हो । स्थानीय विकास मन्त्रालयको निर्देशन र निर्देशिकाविपरीत गैर लाभान्वित (असम्बन्धित) व्यक्तिको अध्यक्षतामा उपभोक्ता समिति गठन गराई ठाकुरले उक्त रकम खर्च गरेको देखाएर अनियमितता गरेका हुन् ।
ठाकुरले जिविस महोत्तरीका नायव सुब्बा निलाम्बर मिश्र, सहसौला गाविसका सचिव गोपाल पाठक तथा गैर लाभान्वित उपभोक्ता समितिका अध्यक्ष गणेशराज पाण्डे र कोषाध्यक्ष बिमलेशकुमार सिंहस“ग मिलोमतो गरी राज्यको ४० लाख रुपैया“ हिनामिना गरेकाले उनीहरू पा“चै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय र जरिवाना तथा हर्जाना गर्न  अख्तियारले माग गरेको छ ।

No comments:

Post a Comment