Tuesday, September 3, 2013

प्राधिकरणको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं, १७ भदौ– सरकारले जल तथा ऊर्जा आयोगका सहसचिव अर्जुनकुमार कार्कीलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
अख्तियारले ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि ऊर्जा मन्त्रालयको प्रस्तावमा कार्कीलाई उक्त पदमा ल्याइएको हो ।
प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकअघि प्राधिकरणको विनियमावली संशोधन गरी निलम्बित कार्यकारी निर्देशक यादवको ठाउ“मा अर्को व्यवस्था नभएसम्मका लागि नया“ कार्यकारी निर्देशक नियुक्त गर्ने बाटो खोलेको थियो ।
भ्रष्टाचारको अभियोग लागेका यादवले अदालतबाट सफाइ पाएमा उनी पुनः कार्यकारी निर्देशकमा पुनर्बहाली हुने भएकाले मन्त्रिपरिषदले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागिमात्र प्रमुख नियुक्त गरिएको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए । कार्की तत्कालीन जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालामा २०६३ देखि २०६५ सम्म सवा दुई वर्ष प्राधिकरणमा कार्यकारी निर्देशक थिए ।



No comments:

Post a Comment