Friday, September 6, 2013

चुनाव तयारी छाडेर अध्यक्ष र गृहमन्त्री दुवै महासभामा जाने

  • निर्वाचनको तयारीमा नराकात्मक असर पर्ने
  • महासभामा १५ सदस्यीय प्रमण्डल सहभागी हुने
काठमाडौं, २० भदौ– मुलुकमा संविधानसभा चुनावको तयारी भइरहेका बेला भ्रमणमा नजान परेको दबाबलाई बेवास्ता गर्दै अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन जान आफ्नै नेतृत्वमा १५ सदस्यीय नेपाली प्रमण्डल तय गरेका छन् ।
रेग्मीको नेतृत्वमा नेपाली प्रमण्डलले असोज ४ देखि १४ सम्म राष्ट्रसंघीय महासभामा भाग लिनेछ । रेग्मीकै प्रस्तावमा मन्त्रिपरिषदको पछिल्लो बैठकले महासभामा भाग लिन जाने नेपाली प्रमण्डल तय गरेको हो ।
रेग्मीले मंसिर ४ को चुनावलाई निष्पक्ष, स्वतन्त्र र धा“धलीरहित बनाउन सुरक्षा योजना तर्जुमा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने गृहमन्त्री माधव घिमिरेलाई समेत आफ्नो भ्रमण टोलीमा सामेल गरेका छन् । उनले घिमिरेलाई परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेको हुनाले भ्रमण टोलीमा सामेल गरेका हुन् ।
निर्वाचन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने मन्त्रिपरिषद्का अध्यक्ष र गृहमन्त्री दुवै जना जाने निणर््ँयले रेग्मी सरकार मंसिर ४ मा संविधानसभा चुनाव सफल गराउन गम्भीर नरहेको सन्देश दिएकोसमेत सरकारी अधिकारी नै बताउ“छन् ।
‘रेग्मीले चुनावको तयारीका बीचमा महासभामा जानुको औचित्य छैन । महासभामा सरकार प्रमुख जानै पर्छ भन्ने अनिवार्य पनि छैन । परराष्ट्रमन्त्रीको नेतृत्वमा राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गराएको भए हुन्थ्यो । अध्यक्ष रेग्मी आफैं जाने हो भने चुनावको तयारीलाई मध्यनजर गरी गृह मन्त्रीलाई भ्रमण टोलीमा सामेल गर्नुहु“दैनथ्यो’ परराष्ट्रमन्त्रालयका एक अधिकारीले भने ।
काम चलाउ या चुनावी मन्त्रिपरिÈद्का बेलामा राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वा सरकार प्रमुखका सट्टामा परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रमण्डल पठाउने परम्पराविपरीत रेग्मी आफैंं जान लागेका हुन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ कात्तिकमा आमनिर्वाचन गराउने क्रममा महासभामा भाग लिन गएका थिएनन्, नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका कोइरालाले राष्ट्रसंघमा तत्कालीन अर्थमन्त्री महेश आचार्यको नेतृत्वमा प्रमण्डल पठाएका थिए ।
रेग्मीले आफ्नो भ्रमण अवधिसमेत नछोट्ट्याउने भएका छन् । उनी नेतृत्वको भ्रमण दल एघार दिन नै मुलुक बाहिर रहनेछ । भ्रमणलाई चार÷पा“च दिनका लागि छोट्ट्याउन सकिने परराष्ट्र मन्त्रालयका अधिकारी बताउ“छन् ।
मन्त्रिपरिषदका अध्यक्षले महासभामा नेपालको बोल्ने पालोको अघिल्लो दिन पुग्ने र तत्काल फर्कने गरी भ्रमण अवधि छोट्ट्याउन सक्ने परराष्ट्र मन्त्रालयका अधिकारीले दिए । तर, भ्रमण छोट्ट्याउने कुनै तयारी नभएको मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए ।
सरकार प्रमुख र गृह मन्त्री एघार दिन लामो भ्रमण जा“दा चुनावको तयारीमा नकारात्मक असर पर्ने चिन्ता निर्वाचन आयोगका अधिकारीको छ । नेकपा–माओवादी र तराई–मधेसका सशस्त्र समूहहरूले चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरिसकेका छन् । असोज ४ देखि १५ को अवधिमा आयोगले देशभर फोटोसहितको मतदाता परिचयपत्र वितरण बा“ड्ने कार्यक्रम पर्छ भने त्यतिबेला उम्मेदवारहरूको चुनावी प्रचार अभियानसमेत तीव्र भइसकेको हुन्छ ।
उक्त अवधिमा निर्वाचन विरोधीहरूबाट मतदाता परिचयपत्र खोस्ने, उम्मेदवारहरूलाई गाउ“गाउ“ जानबाट रोक्ने, अपहरण गर्नेजस्ता चुनाव बिथोल्ने गतिविधि भएमा त्यसलाई समयमै नियन्त्रण गर्न आवश्यक निर्णय गर्ने र निर्देशन दिने सरकार प्रमुख र गृहमन्त्री नै नहुने अवस्था आउने चिन्तासमेत निर्वाचनका अधिकारीको छ ।
रेग्मी नेतृत्वको नेपाली प्रमण्डलमा उनकी पत्नी, परराष्ट्रमन्त्री घिमिरे, परराष्ट्र सचिव अर्जुनबहादुर थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सूर्यप्रसाद सिलवाल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका यूएन शाखा हेर्ने सहसचिव दीपक धिताल रहेका छन् ।
राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा भट्टराईसहित न्युयोर्कस्थित नेपाली नियोगका दुई अधिकारीसमेत प्रमण्डलमा रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्का अध्यक्षका प्रमुख स्वकीय सचिव प्रकाश रेग्मी, निजी सचिवालयका शाखा अधिकृत सरोज रेग्मी, रेग्मीका दुई जना सुरक्षागार्ड, नेपाल टेलिभिजनका दुई जना पत्रकारसमेत प्रमण्डलमा रहेका छन् ।

No comments:

Post a Comment