Sunday, May 11, 2014

अख्तियारद्वारा मेमोरीकार्ड र घडीका पार्टपुर्जा बरामद

काठमाडौं, २७ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनियमितता गरी कम भन्सार मूल्यांकन गरिएका ४ जीबी Ôमताका ३६ हजार थान मेमोरी कार्ड बिहीबार राति बरामद गरेको छ ।
विभिन्न मुलुकबाट ल्याइने सामग्रीको न्यून मूल्यांकन गरी राजस्वमा नोक्सान पु¥याएर विमानस्थल भन्सारबाट नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा अख्तियार र राजस्व अनुसन्धान विभागको टोलीले छापा मार्ला मेमोरी कार्ड बरामद गरेको हो ।
छापा मार्ने क्रममा १३ लाख ८९ हजार ८ सय ८८ रुपैया“ बिजक मूल्य भएका ३६ हजार थान मेमोरी कार्ड बरामद भएको अख्तियारले उल्लेख गरेको छ । अख्तियार र राजस्वको टोलीले बिहीबारै जापानमा निर्मित घडीमा प्रयोग हुने भित्री पार्टपुर्जा एक लाख ५० हजार थानसमेत बरामद गरेको छ । 
बरामद घडीको पार्टको बिजक मूल्य ११ लाख ५८ हजार २ सय ४० रुपैया“ रहेको छ । बरामद सबै सामान राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन् । 

No comments:

Post a Comment