Tuesday, May 6, 2014

सरकारले ओली, जोशी र ओझाको उपचार खर्च बेहोर्ने

काठमाडौं, २० वैसाख– सरकारले एमाले संसदीय दलका नेता केपी शर्मा ओली र कांग्रेसका नेताद्वय गोविन्दराज जोशी र सिद्धराज ओझाको उपचार खर्च बेहोर्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले तीन नेताको उपचार खर्च बेहोर्ने निर्णय गरेको जानकारी  सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
मन्त्रिपरिषदले ओलीको एअर एम्बुलेन्सको भाडा र बैंककमा उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ । फंगल म्यानेनजाइटिसको समस्या देखिएपछि ओलीलाई उपचारका लागि एअर एम्बुलेन्सबाट बैंककमा लगिएको छ ।
मन्त्रिपरिषदले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीको एअर एम्बुलेन्स भाडा बेहोर्ने र उपचार खर्चका लागि ५ लाख रुपैया“ दिने निर्णय गरेको छ । फोक्सोमा पानी जम्ने समस्याबाट पीडित जोशीलाई एअर एम्बुलेन्सबाट लगेर नया“ दिल्लीमा लगेर उपचार गराइराखिएको छ । मन्त्रिपरिषदले कांग्रेसका अर्का नेता एवं पूर्वमन्त्री सिद्धराज ओझालाई समेत ५ लाख रुपैया“ उपचार खर्च दिने निर्णय गरेको छ ।

सिटौला रक्षामा कामु सचिव
सरकारले रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई कायममुकायम सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदले सिटौलालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
रक्षा सचिव आत्माराम पाण्डेले अनिवार्य अवकास पाएपछि पा“च महिनादेखि मन्त्रालय प्रशासनिक नेतृत्वविहीन थियो । रक्षा मन्त्रालयमा सचिव नभएकाले सैनिक अदालतबाट हुने न्याय निरुपणको काम रोकिएको थियो । सैनिक अदालतमा रक्षा सचिव पदेन सदस्य रहने व्यवस्था छ । अदालतमा कामु या कन्फर्म सचिवमात्र सदस्य हुन्छन्, निमित्त सचिव हुन पदेन सदस्य हुन नपाउने भएकाले सिटौलालाई कामुको जिम्मेवारी दिइएको हो ।
एडीबीले करिब ३ अर्ब सहयोग गर्ने
एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसियाली पर्यटन पूर्वाधार विकासका लागि २ अर्ब ९० करोड रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ । मन्त्रिरिषदले उक्त सहायता स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ ।
३९ सहसचिवको सरुवा र पदस्थापन
सरकारले ३९ सहसचिवलाई विभिन्न मन्त्रालयमा सरुवा तथा पदस्थापन गरेको छ ।

No comments:

Post a Comment