Tuesday, May 6, 2014

मन्त्रीका साढु भाइलाई महानिर्देशकको जिम्मेवारी

काठमाडौं, २० वैसाख– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आफ्ना नातेदार कनिष्ठ प्राविधिक सहसचिव जीवनकुमार श्रेष्ठलाई ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को महानिर्देशकको जिम्मेवारी दिएका छन् ।
सिंहले मन्त्रालयस्तरीय निर्णय गरी डोलिडारका महानिर्देशक भीमप्रसाद उपाध्याय र नायव महानिर्देशक रामकृष्ण सापकोटालाई अन्यत्र सरुवा गरी कनिष्ठ श्रेष्ठलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो । स्थानीय विकास मन्त्रालय स्रोतका अनुसार श्रेष्ठ उपप्रधानमन्त्री सिंहका साढु भाइ हुन् ।
उपाध्यायलाई महानिर्देशकबाट मन्त्रालयको प्राविधिक महाशाखामा सरुवा गरिएको छ । श्रेष्ठभन्दा वरिष्ठ नायव महानिर्देशक सापकोटालाई डोलिडार मातहतकै सडक आयोजनामा सरुवा गरिएको छ । सिंहले नया“ प्राविधिक सहसचिवद्वय राजा कर्माचार्य र रामचन्द्र श्रेष्ठलाई डोलिडारको नायव महानिर्देशक बनाएका छन् ।

No comments:

Post a Comment