Sunday, May 18, 2014

प्रधानमन्त्रीद्वारा भाजपा र मोदीलाई बधाइ

काठमाडौं, २ जेठ– प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले भारतीय जनता पार्टी (भाजपा) का अध्यÔ राजनाथ सिंहलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । कोइरालाले भारतको संसदीय निर्वाचनमा भाजपा स्पस्ट बहुमतसाथ विजयी भएकामा आफ्नो पार्टी, नेपाली जनता र नेपाल सरकारका तर्फबाट अध्यÔ सिंह र प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीलाई बधाई दि“दै सफलताको कामना व्यक्त गरेका हुन् ।
कोइरालाले शनिबार राति पठाएको बधाई तथा शुभकामना सन्देशमा नेपाल–भारत शताब्दीऔं लामो सुमधुर सम्बन्ध भएका एकै खालका सामाजिक र सांस्कृतिक मूल्यका साथै समान विकासका चाहना भएका मित्रराष्ट्र भएको उल्लेख गरेका छन् । उनले नेपाल–भारत सम्बन्धका असीमित सम्भावनालाई आपसी हितका लागि उपयोग गर्न आफू प्रतीÔारत रहेको पनि जनाएका छन् । कोइरालाले अध्यÔ सिंहको व्यक्तिगत तथा समस्त भारतीय जनताको सुख, समृद्धि र प्रगतिको कामनासमेत गरेका छन् ।

No comments:

Post a Comment