Friday, May 9, 2014

दुई प्राध्यापक अख्तियारको नियन्त्रणमा

काठमाडौं, २५ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आशंकामा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका दुई प्राध्यापकलाई बिहीबार नियन्त्रण्ँमा लिएको छ । आयोगका अनुसार रामस्वरुप बहुमुखी क्याम्पस धनुÈाका सह–प्रध्यापक डा. विनोद मिश्र र त्रिभुवन विश्वविद्ययालय कीतिर्पुरका उपप्रध्यापक मनोज मिश्रलाई नियन्त्रण्ँमा लिइएको हो । 
उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।
उनीहरूमाथि एमडी, एमबीबीएस र एमबीएको प्रवेश परीÔामा उत्तीणर््ँ गराइदिन्छु भनी विभिन्न व्यक्तिबाट मोटो रकम लिई अनियमितता गरेको आरोप छ । यसअघि आयोगले  शिÔा मन्त्रालयका तत्कालिन उपसचिव वेण्ँिमाधव भट्टराईलाई त्यही अभियोगमा हिरासतमा लिई अनसन्धान गरिरहेको छ ।
 अनुसन्धानकै क्रममा मिश्रद्वयको संलग्नता खुलेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रण्ँमा लिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए । आयोगले निजहरूबाट ठगिएका पीडितहरू कोही भए टोल फ्री न.१६६०–०१–२२२३३ मा सम्पर्क राख्न सार्वजनिक अपिलसमेत गरेको छ ।

No comments:

Post a Comment