Wednesday, May 7, 2014

अदालतद्वारा मन्त्रीका साढुभाइलाई महानिर्देशक नबनाउन आदेश

काठमाडौं, २३ वैसाख– पुनरावेदन अदालत पाटनले ग्रामीण्ँ पूर्वाधार विकास तथा कृÈि सडक विभाग (डोलिडार) का दुई वरिष्ठलाई हटाएर आङ्खना साढुभाइलाई महानिर्देशक बनाउने स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निणर््ँय कार्यान्वयन नगर्न मंगलबार आदेश दिएको छ ।
सिंहले मन्त्रालयस्तरीय निर्णय गराई वैशाख १९ मा डोलिडारका महानिर्देशक भीमप्रसाद उपाध्यायलाई मन्त्रालयमा काजमा खटाएका थिए । त्यही दिन नै उपाध्यायपछिका वरिष्ठ नायव महानिर्देशक रामकृष्ण्ँ सापकोटालाई समेत विभागबाट अन्यत्रै काज सरुवा गरेर आफ्ना साढुभाइ कनिष्ठ सहसचिव जीवनकुमार श्रेष्ठलाई महानिर्देशक बनाएका थिए ।
दुई वरिष्ठलाई काज सरुवाको पत्र लेख्ने र साढु भाइलाई महानिर्देशक बनाउने काम मन्त्री श्रेष्ठले एकै दिन गरेका थिए । पुनरावेदन अदालत पाटनले उपाध्याय र सापकोटालाई काजमा खटाउने निणर््ँय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
काजमा खटाइएको व्यक्तिको स्थानमा अर्को मान्छे नियुक्ति गर्न नमिल्ने निजामती ऐनको दफा १८ (क) विपरीत मन्त्री सिंहले उपाध्याय र सापकोटालाई हटाई आङ्खनो नातेदारलाई जिम्मेदारी दिएको भन्दै अदालतले उक्त निणर््ँय कार्यान्वयनमा रोक लगाएको हो ।

No comments:

Post a Comment