Wednesday, May 7, 2014

ठूलो संख्यामा सहसचिवको सरुवा र पदस्थापना

काठमाडौं, २३ वैसाख– सरकारले विभिन्न मन्त्रालय र निकायका तीन दर्जनबढी सहसचिव सरुवा र पदस्थापन गरेको छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिवद्वय महेन्द्र गुरागाईं र हरि पौडेललाई क्रमशः लोकसेवा आयोग र श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ ।
सामान्य प्रशासनकै सहसचिव बालकृष्ण घिमिरेलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ भने हालै सहसचिवमा बढुवा भएका रामशरण चिमोरिया, शोभाकान्त पौडेल र शंकर खरेललाई अर्थमन्त्रालयमा पदस्थापन गरिएको छ । अर्थबाट कुनै पनि सहसचिवलाई बाहिर सरुवा गरिएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिवद्वय लालशंकर घिमिरे र शंकर पाठकलाई क्रमशः योजना आयोग र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको छ । श्रम मन्त्रालयका धनबहादुर श्रेष्ठलाई स्थानीय विकासमा सारिएको छ । उनलाई मन्त्रालयले महानगरको कार्यकारी अधिकृतमा सार्ने गृहकार्य गरिरहेको स्रोतले उल्लेख गरेको छ ।
निर्वाचन आयोगका सहसचिव सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिवहरू बाबुराम अधिकारी, विश्व सुवेदी र गजराज रानालाई सामान्य प्रशासनमा सारिएको छ । सामान्यमा लगिएका चार सहसचिवमध्ये तीन जनालाई मन्त्रालयका तीन महाशाखा प्रमुख र एक जनालाई मातहतको निजामती किताबखानाको महानिर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ ।
नया“सहित विभिन्न मन्त्रालयका १० सहसचिवलाई गृह मन्त्रालयमा लगिएको छ । गृहमा सरुवा र पदस्थापन गरिएका सहसचिवमा तेजप्रसाद पौडेल, अब्दुल कलाम खा“, सुदर्शन ढकाल, केदार न्यौपाने, दुर्गा पोखरेल, कृष्णप्रसाद ढुंगाना, मदन भुजेल, गोविन्दबहादुर कार्की र विनोदप्रसाद सिंह छन् ।




No comments:

Post a Comment