Friday, May 23, 2014

प्रधानमन्त्री सोमबार भारत जाने

काठमाडौं, ८ जेठ– प्रधानमन्त्री सुशील कोइराला सोमबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण्ँ समारोहमा सहभागी हुन कोइराला नया“ दिल्ली जान लागेका हुन् । 
प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधि, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईलगायत रहने स्रोतले उल्लेख गरेको छ । सरकारका प्रवक्ता रिजालले भ्रमण टोलीको टुंगो शुक्रबारसम्म लाग्ने जानकारी दिए ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण्ँ तय गरेको हो । भारतले मोदीको सपथग्रहणमा सहभागी हुन कोइरालासहित सार्क मुलुकका सबै सरकार प्रमुखलाई औपचारिक निम्ता गरेको छ ।

भारतको लोकसभा चुनावमा बहुमत पाएको भारतीय जनता पार्टीको संसदीय दलका नेता मोदीले सोमबार भव्य समारोहबीच प्रधानमन्त्रीका रूपमा सपथग्रहण गर्ने कार्यक्रम छ । कोइराला सोमबार मोदीको सपथग्रहणमा सहभागी हुनेछन् । 

दोस्रो दिन उनले भारतीय समकक्षी मोदीसित भेटवार्ता गर्ने कार्यक्रम छ । कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंहसहितका नेताहरूलाई समेत भेट्ने कार्यक्रम रहेको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीको यो दोस्रो विदेश भ्रमण हुनेछ । यसअघि उनी म्यान्मारमा विमस्टेक राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी भएका थिए ।


No comments:

Post a Comment