Tuesday, May 6, 2014

नया“ नियमावलीका कारण प्रहरीको बढुवा पुनः अन्यौलमा


  • नियमावली एक महिना नपुग्दै संशोधनको तयारी
  • २ सयभन्दा बढीको बढुवाको रोकियो

काठमाडौं, २१ वैसाख– प्रहरी नियमावली संशोधन गरिए पनि नेपाल प्रहरीमा एआईजीसहित २ सयभन्दा बढी अधिकृतको बढुवा प्रक्रिया अन्यौलमा परेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदद्वारा तीन साताअघि पारित प्रहरी नियमावलीले पदोन्नति प्रक्रियामा नया“ समस्या उत्पन्न गरेपछि बढुवा फेरि अन्यौलमा परेको जानकारी स्रोतले दिएका छन् ।
गृह मन्त्रालयले लोकसेवा आयोगसितको परामर्शमा प्रहरीको बढुवासम्बन्धी सामान्य सिद्धान्त बनाई त्यही आधारमा नियमावली ल्याएको हो । तर, नियमावलीमा बढुवाका लागि हरेक तहमा निजामती प्रशासनमा जस्तै तालिम लिनुपर्ने व्यवस्था गरिएकाले प्रहरीमा बढुवा गर्न समस्या उत्पन्न जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार बढुवाका लागि तालिमलाई अनिवार्य गरिएको नियमावलीको दफा ३५ को उपदफा ७ प्रति प्रहरी अधिकारीहरूले आपत्ति जनाएपछि कार्यान्वयनमै नआई संशोधन गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । उपदफा ७ मा प्रहरीको कार्यक्षमताको मूल्यांकन गर्दा तालिमबापत ७.५ अंक प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

प्रहरीमा अधिकृतहरूमध्ये धेरैजसोले म्यानेजमेन्ट तहको तालिम एकपटकमात्र लिएका हुन्छन्, हरेक तहमा तालिम लिन पाएका हु“दैनन् । त्यही कारण प्रहरी नियमावलीको बढुवासम्बन्धी नया“ व्यवस्थाको संगठनभित्रै तीव्र विरोध भइरहेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमलाई भेटी नया“ नियमावलीले संगठनभित्र बढुवामा समस्या उत्पन्न गरेको उल्लेख गर्दै पदोन्नतिका लागि हरेक तहमा तालिम लिनुपर्ने नियमावलीको व्यवस्था संशोधन गर्न दबाब दिएको जानकारी स्रोतले दिए ।
कात्तिक अन्तिम सातादेखि एआईजी नै सातवटा खाली छन् । पहिला नियमावली नभएका कारण बढुवा रोकिएको हो । मन्त्रिपरिषदले हरेक तहमा तालिम लिनुपर्ने नया“ नियमावली पारित गरेपछि नया“ समस्या उत्पन्न भएर बढुवा झन् पछि धकेलिन पुगेको हो । नियमावलीको अन्यौलका कारण प्रहरीभित्र रिक्त २ डीआईजीसहित अधिकृत तहका २ सयभन्दा बढी पदमा बढुवा रोकिएको छ । डीआईजीबाट एआईजीमा बढुवा गरेपछि विभिन्न तहमा गर्नुपर्ने बढुवाको संख्यासमेत ठूलो छ ।
महानिरीक्षक अर्यालले नियमावली पुनः संशोधन गरी माथिल्लो पदमा जान तल्लो पदमा रह“दा अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था हटाई म्यानेजमेन्ट तहको तालिम एकपटकमात्र लिए पनि पदोन्नति हुने प्रावधान राख्न लिखित प्रस्ताव गरिसकेका छन् । 
गृह मन्त्रालयले महानिरीक्षक अर्यालको प्रस्तावबमोजिम नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी गरिरहेको जानकारी स्रोतले दिए । नया“ नियमावलीका कारण तालिम लिएका अधिकृतहरूलाई फाइदा पुग्ने र नलिएकालाई बढुवा हुन गाह्रो पर्ने भएकाले नेपाल प्रहरीले संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लान गृह मन्त्रालयलाई दबाब दिएको हो । 

No comments:

Post a Comment