Friday, May 9, 2014

लेखा अधिकृतसहित सात जना अख्तियारको हिरासतमा

काठमाडौं, २५ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तको गम्हरियास्थित राष्ट्रिय प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत कामेश्वर साहसहित सात जनालाई भ्रष्टाचारको आशंकामा बिहीबार नियन्त्रणमा लिएको छ ।
उनीहरूले आर्थिक वर्ष ०६४/६५ देखि ०६८/०६९ सम्म भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रवृत्ति, खाजा वितरणजस्ता शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
हिरासतमा लिइएकामा यादव र साहसहित जिल्ला शिक्षा कार्यालय सप्तका सव इन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, स्रोतव्यक्ति रासेन्द्र यादव, तत्कालीन लेखापाल गणेश कटुवाल, तत्कालीन स्रोतव्यक्ति सुनीलकुमार प्रसाद, तत्कालीन सव इन्जिनियर योगेशकुमार साह, तत्कालीन सव इन्जिनियर उपेन्द्रप्रसाद साह छन् ।

No comments:

Post a Comment