Friday, May 30, 2014

गिरिजाप्रसादलाई मरणोपरान्त नेपाल रत्न मानपदवी

रेग्मीसहित चुनावी सरकारका सबै पूर्वमन्त्री विभुषित
काठमाडौं, १५ जेठ– सरकारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र मुलुकमा गणतन्त्र घोषणा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवीबाट सम्मान गर्ने घोÈण्ाँ गरेको छ ।
गण्ँतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण्ँ यादवले मन्त्रिपरिषदको सिफारिसमा कोइरालालाई मुलुकको सबभन्दा ठूलो मानपद्वीबाट सम्मान गर्ने घोषणा गरेका हुन् । यसअघि यो मानपदवीबाट ०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई मरणोपरान्त विभूषित गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा कोइरालालाई सिंह र मरणोपरान्त दोस्रो ठूलो मानपदवी महाउज्ज्वल राष्ट्रदीप प्रदान गर्ने घोषणा भएको थियो । कोइराला पुत्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्ना बाबुलाई सिंह र अधिकारीबराबरको सम्मान नदिएको भन्दै उक्त मानपदवी अस्वीकार गरेको घोषणा गरेकी थिइन् ।  

सरकारको सिफारिसमा राष्ट्रपतिले विभिन्न Ôेत्रमा उल्लेखनीय योगदान पु¥याएका ३ सय ३ जनालाई विभिन्न मावपदवी, अलंकार र पदकबाट विभूÈित गर्ने घोÈण्ाँ गरेका हुन् । राष्ट्रपतिले संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहित तत्कालीन सरकारका सबै मन्त्री र निर्वाचन आयोगका सबै पदाधिकारीलाई विभूषित गर्ने घोषणासमेत गरेका छन् ।
मन्त्रिपरिÈद्का पूर्व अध्यÔ रेग्मीलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेण्ँीको मानपदवीबाट विभूषित गरिने भएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ शैलजा आचार्य र पूर्वमन्त्री एवं कांग्रेस नेता भीमबहादुर तामाङलाई मरण्ँोपरान्त महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेण्ँी दिइने भएको छ । 
प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेण्ँी दिइने भएको छ । घोषणाअनुसार रेग्मी सरकारका गृहमन्त्री माधवप्रसाद घिमिरे र साहित्यकार मोदनाथ प्रश्रितलाई उज्ज्जल कीतिर्मय राष्ट्रदीप द्वितीय श्रेण्ँी प्रदान गरिनेछ । 
रेग्मी सरकारका मन्त्रीहरू हरिप्रसाद न्यौपाने, ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शंकरप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर घर्ती, रामकुमार श्रेष्ठ र उमाकान्त झालाई प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेण्ँी प्रदान गरिनेछ ।
यो मानपदवी पाउनेमा सर्वोच्च अदालतका न्यायाधीश कल्याण्ँ श्रेष्ठ, उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिका अध्यÔ काशीराज दाहाल, संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र आयुक्तहरू दोलखबहादुर गुरुङ, अयोधिप्रसाद यादव, रामभक्त पीबी ठाकुर र इला शर्मा छन् ।

यादवले गण्ँतन्त्र दिवसको अवसरमा राजनीतिक, आर्थिक, सामाजिक र सरकारी सेवालगायतका Ôेत्रमा उल्लेख्य योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई मानपदवी, अलङ्कार र पदक प्रदान गर्ने घोषणा गरेका छन् ।
यस वर्ष पत्रकारहरू किशोर नेपाल, धर्मेन्द्र झा, पन्नालाल गुप्ता, कान्तिपुरका कार्टुनिस्ट दुर्गा बराल (वात्सायन), आरती चटौत र कान्तिपुरका मकवानपुर संवाददाता प्रताप बिष्टसमेत मानपदवी प्रदान गर्ने घोषणा गरिएको छ ।

No comments:

Post a Comment