Thursday, May 29, 2014

कार्यकारी निर्देशकसहित ८ जना अख्तियारको हिरासतमा

२ अधिकारी फरार, गैरकानुनी रूपमा बोनस बा“डी निगमलाई हानिनोक्सानी पु¥याएको अयिभोग
काठमाडौं, १५ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा बोनस वितरण गरी आयल निगमलाई करोडौं रुपैया“ हानिनोक्सानी पु¥याएकामा त्यसका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित ८ उच्च अधिकारीलाई  बुधबार नियन्त्रणमा लिएको छ ।
अख्तियारले उक्त प्रकरणमा संलग्न भएकामा अनुसन्धानका क्रममा नियन्त्रणमा लिन लागिएको उपनिर्देशकद्वय शरदप्रसाद पौडेल र सुशील भट्टराई फरार रहेकाले खोजी कार्य भइरहेको जनाएको छ ।
अख्तियारले नियन्त्रणमा लिई हिरासतमा राखेकामा सत्यालसहित निगमका निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई, नेत्रप्रसाद काफ्ले, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपाने छन् ।
आयल निगमका पदाधिकारीहरूले संस्थान लगातार घाटामा गइरह“दासमेत ऐननियमविपरीत बोनस रकम वितरण गरी अनियमितता एवं भ्रष्टाचार गरिरहेको उजुरीका सम्बन्धमा थप अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिइएको र बा“की दुई जना फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले आफूले निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अर्थमन्त्रालयमार्फत् निर्देशन दिएको र आव २०६६÷०६७ को अन्त्यमा निगमले करिब ११ अर्ब ४४ करोड ऋण तिर्न बा“की हु“दाहु“दै गैरकानुनी रूपमा ती अधिकारीहरूले १ करोड ७२ लाख ५८ हजार रुपैया“ बोनस वितरण गरेको उल्लेख गरेको छ । निगमका सत्यालसहितका अधिकारीहरूलाई बोनस वितरणका लागि कुनै स्वीकृति प्राप्त नभएकै अवस्थामा बा“डेर निगमलाई हानि–नोक्सान पु¥याएको देखिएकोसमेत अख्तियारले जनाएको छ । निगमका अधिकारीहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ । 

No comments:

Post a Comment