Friday, May 23, 2014

तीन सचिवको सरुवा

काठमाडौं, ८ जेठ– सरकारले दुई सचिवको सरुवा र एक जनालाई पदस्थापन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण्ँ मन्त्रालयमा सरुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
उनका अनुसार मध्यमाञ्चल Ôेत्रीय प्रशासन कार्यालय हेटौंडाका क्षेत्रीय प्रशासक भोला शिवाकोटीलाई श्रम तथा रोजगार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । साढे दुई महिनाअघि बढुवा भएका सचिव मधु रेग्मीलाई बिहीबार निर्वाचन आयोगमा पदस्थापन गरिएको छ ।
सहकारी तथा गरिबी निवारण्ँमा लालमणि जोशी र निर्वाचन आयोगमा नरेन्द्र दाहालले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाएपछि दुवै ठाउ“मा सचिव पद रिक्त थियो ।
बिपत पीडितलाई सहुलियतपूर्ण ऋण
मन्त्रिपरिषद बैठकले आगलागीलगायतका प्राकृतिक बिपत्तिका पीडितहरूलाई सहुलियत ब्याजदरमा ऋण्ँ उपलब्ध गराउने निणर््ँय गरेको छ । 

No comments:

Post a Comment