Thursday, May 15, 2014

कानुन मिचेर कनिष्ठलाई महानिर्देशक

पा“च वरिष्ठ सहसचिव कनिष्ठको मातहतमा काम गर्न बाध्य
काठमाडौं,२८ वैसाख– कृषि मन्त्रालयले नियमविपत पा“च वरिष्ठलाई पन्छाएर कनिष्ठ सहसचिव युवकध्वज जीसीलाई कृषि विभागको महानिर्देशक बनाएको छ । 
महानिर्देशक लीलाराज पौडेलले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा मन्त्री हरि पराजुली र सचिव जयमुकुन्द खनालले निजामती ऐनविपत जीसीलाई वातावरण विभागबाट लगेर महानिर्देशक बनाएका हुन् । ऐनमा वरिष्ठलाई कनिष्ठको मातहतमा राख्न नपाइने व्यवस्था छ । विभागमा नायब महानिर्देशकद्वय सुरेश तिवा र वीरेन्द्र हमाल तथा क्षेत्रीय निर्देशकहरू पूर्वाञ्चलका सुरेश गौतम, पूर्वाञ्चलका धर्मदत्त बराल र मध्यमाञ्चलका लेखनाथ आचार्यलाई आफूभन्दा कनिष्ठ जीसीको मातहतमा काम गर्न बाध्य पारिएको छ ।
कृषिमन्त्री र सचिवले प्रशासनिक मर्यादाको उल्लंघन गरेर विभागमा काम गर्ने वातावरण बिगारेको स्रोतले जनायो । कनिष्ठ मातहतमा काम गर्नुपर्दा वरिष्ठ र अनुभवी सहसचिव निरुत्साहित भएको स्रोतले जनायो ।
एमाले मन्त्रीले जीसी पार्टीनिकट भएकाले महानिर्देशक बनाएको स्रोतको भनाइ छ । जीसी खुला प्रतिस्पर्धामा चार वर्षअघि सहसचिव भएका हुन् । त्यसअघि उनी कृषि क्याम्पस रामपुरमा उपप्राध्यापक र एमाले निकट प्रगतिशील प्राध्यापक संघका पदाधिका थिए ।
यसअघि स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गरेको यस्तै निर्णयलाई पुनरावदेन अदालतले अघिल्लो साता कानुनविपत भन्दै उल्टाएको थियो । 

No comments:

Post a Comment