Monday, May 26, 2014

संविधान लेखनको वातावरण बनाउनु सय दिनको उपलब्धि : सञ्चारमन्त्री

काठमाडौं, ११ जेठ– वर्तमान सरकारले संविधान लेखनका लागि राजनीतिक वातावरण्ँ बनाउन सफल भएको दाबी गर्दै त्यसैलाई आफ्नो सय दिनको महत्वपूणर््ँ उपलब्धिका रूपमा व्याख्या गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आइतबार सरकार गठनको सय दिनका उपलब्धि सार्वजनिक गर्दै संविधानसभा मातहतका समितिका सभापतिको सर्वसम्मत चयन र संविधानसभाको कार्यतालिका पारित भई त्यसअनुरूप काम अघि बढ्नुले सरकार आङ्खनो कामप्रति सन्तुष्ट रहेको उल्लेख गरेका छन् ।
‘राजनीतिक सहमतिको वातावरण्ँ बनेकामा सरकार सन्तुष्ट छ, यिनै उपलब्धिका आधारमा आगामी माघ ८ भित्र संविधान जारी हुनेमा सरकार विश्वस्त छ’ रिजालले भने । उनले लामो समयसम्म अल्झेको सत्यनिरुपण्ँ तथा मेलमिलाप र बेपत्त छानबिनसम्बन्धी ऐन दलहरूको सहमतिमा बनेर शान्ति प्रक्रियाको बा“की कामलाई पूरा गर्ने दिशामा सरकार सफल रहेको दाबीसमेत गरे ।
रिजालले सुशासन, भ्रष्टाचार न्यूनीकरण्ँ, जिम्मेवार एवं पारदर्शी ढंगले जनतालाई सहज र सरल रूपमा सेवा पु¥याउने कार्यलाई समेत सरकारले जिम्मेवार ढंगले अघि बढाएको बताए । उनले सय दिन भनेको सरकारले भावी नीति तथा कार्यक्रम ल्याउने र बजेट तर्जुमाका लागि आवश्यक संरचना तयार गर्ने भएकाले त्यसको आधार यस अवधिमा तय गर्न सफल भएको दाबीसमेत गरे ।

सरकारले बराह क्षेत्रको चतराधाममा प्रधानमन्त्री सुशील कोइरालाले महाकुम्भ मेला उद्घाटन गरेको, म्यानमारमा भएको बिमस्टेक बैठकमा सहभागी भएको, योजना आयोगमा पदाधिकारी नियुक्त गरेको, त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसर तोडाएको, अधिकारी दम्पतीको आमरण अनसन तोडाउन गरेको पहललाई समेत उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

No comments:

Post a Comment