Friday, May 16, 2014

मन्त्रिपरिषदद्वारा योजना आयोगलाई पूर्णता

काठमाडौं, २ जेठ– सरकारले योजना आयोगमा सात सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले आयोगका सदस्यमा डा. भारतेन्द्र मिश्र, डा. बिमला राई, डा. चन्द्रमणि अधिकारी, डा. गोविन्द नेपाल, डा. यज्ञबहादुर कार्की, डा. प्रेमप्रसाद दंगाल र डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको हो ।
राई, नेपाल, दंगाल र अधिकारी सत्तारूढ एमालेको र बा“की कांग्रेसको कोटामा सदस्य नियुक्त भएका हुन् । सरकारले आयोगको उपाध्यक्षमा यसअघि नै डा. गोविन्द पोखरेललाई नियुक्त गरिसकेको छ । 
हाउजिङ कम्पनीको समस्या बुझ्न आयोग
सरकारले राजधानीमा दु्रत गतिमा विकास भइरहेको हाउजिङ कम्पनीहरूमा देखिएका समस्याको जा“चबुझ गरी समस्या निराकरण गर्न कुमार लोहनीको  संयोजकत्वमा आवास जा“चबुझ आयोग गठन गरेको छ । 


No comments:

Post a Comment