Thursday, May 22, 2014

सुनुवाइको प्रक्रिया सुरु ग¥यौं, विवादास्पदलाई अस्वीकार गरौंला : कांग्रेस

काठमाडौं, ६ जेठ– कांग्रेसले सिफारिसमा परेका न्यायाधीशमध्ये कोही विवादास्पद छविका भए तिनलाई संसदीय समितिबाट अस्वीकार गर्न तयार रहेको उल्लेख गर्दै सुनुवाइ प्रक्रिया अघि बढाउन एमाले र एमाओवादीसमक्ष प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सा“झ बसेको तीन दल बैठकमा कांग्रेसका शीर्ष नेताहरूले ‘समय बितेर न्यायाधीशहरू स्वतः नियुक्ति हुने अवस्था आउनेतर्फ सचेत हुन’ आग्रह गर्दै तत्काल प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
सुनुवाइका लागि अब एक साता मात्र समय बा“की छ । विवादकै कारण एक साता बितेमा उनीहरूले स्वतः नियुक्ति पाउने छन् ।
कांग्रेस नेताहरूले उजुकर्ता र सिफारिसमा परेका न्यायाधीशलाई समितिमा बोलाएर छानबिन र सुनुवाइ तत्काल थाल्नुपर्ने बताए । प्रक्रियाअघि नबढाउ“दा स्वतन्त्र न्यायालय नै विवादमा तानिने, लोकतान्त्रिक मूल्यमान्यता कमजोर हुने र त्यसले न्यायालयप्रति आमजनताको विश्वास समाप्त हुने बताउ“दै कांग्रेसले त्यसप्रति संवेदनशील हुन आग्रह गरेको हो ।

स्रोतका अनुसार बैठकमा एमाओवादी र एमाले नेताहरूले भने न्यायपरिषद्लाई न्यायाधीश सिफारिसको निर्णय फिर्ता वा पुनरावलोकनका लागि पठाउनुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेताहरूले प्रक्रिया अघि बढाएर विवादास्पदहरूलाई मात्र ‘रिजेक्ट’ गर्नु उपयुक्त हुने धारणा राखेका थिए । 
समितिका सदस्य एवं कांग्रेस नेता बालकृष्ण खा“डका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीमाथि विवादास्पद छविका न्यायाधीशलाई यथावत् अनुमोदन गर्न एमाले र एमाओवादीलाई दबाब दिइरहेको भनी झूटो प्रचार भइरहेकामा रोष प्रकट गरेका थिए ।
‘प्रक्रिया अघि बढाएर संसदीय समितिमा निष्पक्ष छानबिन होस् । आरोप प्रमाणित भएमा हामी त्यसको पछि लाग्ने कुरा आउ“दैन,’ बैठकपछि पौडेलले भने ।
एमाले सचिव विष्णु पौडेलले सुनुवाइ प्रक्रियामा प्रवेश गर्ने दिशामा सकारात्मक छलफल भएको बताए । ‘न्यायपरिषद्लाई पत्र पठाउने र उजुकर्तालाई बोलाउने कुरा भएको छ,’ उनले भने । बैठकमा न्यायाधीश सिफारिसको विषयलाई टुंगोमा पु¥याउने दिशामा मात्रै नेताहरूले छलफल गरेका थिए । एमाओवादीले बीचको बाटो लिएर समाधान खोज्नुपर्ने बताएको थियो ।  

No comments:

Post a Comment