Friday, May 23, 2014

कोइराला भारतबाट फर्केपछिमात्र २६ सदस्यको मनोनयन

आइतबारसम्म नभए सर्वोच्चको आदेश अवज्ञा हुने
काठमाडौं, ९ जेठ– मन्त्रिपरिषदले आइतबारसम्ममा संविधानसभामा २६ सदस्य मनोनीत नगरी सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने भएको छ । सर्वोच्चले १५ दिनभित्र संविधानसभामा २६ सदस्य मनोनीत गर्न मन्त्रिपरिषदलाई आदेश दिएको थियो । १५ दिनको समयसीमा आइतबार सकिंदैछ । आइतबारसम्म मनोनयनको निर्णय भए मन्त्रिपरिषदबाट सर्वोच्चको आदेशको अवज्ञा हुनेछ ।
प्रधानमन्त्री सुशील कोइराला सोमबार भारत भ्रमणमा जा“दैछन् । प्रधानमन्त्री भ्रमणमा जानुअघि शनिबार दलहरूबीच सहमति गरी आइतबार मन्त्रिपरिषद बैठक बोलाएर २६ सदस्य मनोनीत गरेमात्र सर्वोच्चको आदेशको पालना हुन्छ । नगरेमा मन्त्रिपरिषदबाट सर्वोच्चको मानहानी हुन पुग्नेछ ।
कांग्रेसले संविधानसभामा सदस्यहरू मनोनीत गर्नेबारेमा सहमतिका लागि पहल गर्ने जिम्मा महामन्त्री कृष्ण सिटौलाले दिएको छ । सिटौलाले मनोनयनका बारेमा अरू दलसित छलफल सुरु नभइसकेको उल्लेख गर्दै आइतबारसम्म मनोनीत हुने सम्भावना नरहेको जानकारी दिए ।
उनले सर्वोच्चले १५ दिनभित्र मनोनयन गर्न आदेश दिए पनि त्यसपछि गर्न हुन्न नभनेको दाबीसमेत गरे । ‘दलहरूबीच मनोनयनबारेमा अहिलेसम्म छलफल भएको छैन । आइतबारसम्म मनोनयन हुने सम्भावना देखिन्न’ सिटौलाले भने– ‘अदालतले १५ दिनपछि मनोनयन गर्न हुन्न त भनेको छैन नि ।’
उनले कोइराला भारत भ्रमणबाट फर्किएपछि दलहरूसित छलफल गरी मनोनयनको बारेमा निर्णय हुने जानकारी दिए ।

No comments:

Post a Comment