Sunday, May 18, 2014

अख्तियारद्वारा साझाकी निलम्बित अध्यक्ष झाविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनकी निलम्बित अध्यÔ एवं महाप्रबन्धक ममता झाविरुद्ध आइतबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 
झाले अख्तियारको दुरुपयोग गरी साझाका द्वितीय तहमा कार्यरत माधवप्रसाद थपलियालाई आवश्यक न्यूनतम शैÔिक योग्यता (स्नातक तह उत्तीणर््ँ) बिना नै अस्थायी सहायक स्तर प्रथम श्रेण्ँीमा नियुक्ति गरी तलबभत्तासमेत भुक्तानी दिएर संस्थाको सम्पत्ति हानिनोक्सानी पु¥याएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले उल्लेख गरेको छ ।
अख्तियारले थपलियाविरुद्ध समेत मुद्दा दायर गरेको छ, मुद्दा दायरपछि थपलियासमेत सेवाबाट निलम्बित भएका छन् । अभियोगपत्रमा भ्रष्टाचार निवारण्ँ ऐनको दफा १७ बमोजिम भ्रष्टाचारजन्य कसुर गरेकाले दफा ३ (१) (घ) बमोजिम कैद तथा दफा ३ (१) बमोजिम बिगो ३ लाख ६६ हजार ५ सय ७७ रुपैया“ र सोही बराबरको जरिवाना असुल गरी साझा प्रकाशनलाई भराउन माग गरिएको छ । साझाका निलम्बित महाप्रबन्धक झालाई भ्रष्टाचार निवारण्ँ ऐनको दफा २४ बमोजिम थप सजायसमेत माग गरिएको छ । झालाई यसअघि नै छानबिनका क्रममा अख्तियारको निर्देशनमा निलम्बन गरिसकिएको थियो ।



No comments:

Post a Comment