Tuesday, May 27, 2014

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित ६ अधिकारी पक्राउ

जिविस बाराका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं, १३ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका निलम्बित उपकुलपतिसहित ६ जनालाई फक्राउ परेको छ । पक्राउ परेकामा तत्कालीन उपकुलपति डा. महेश्वरमान श्रेष्ठ, पूर्वरजिष्ट्रार डा. निरोज पाण्डे, पूर्वपरीÔा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण्ँ पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा पूर्व प्रविधि संकायका सह–डिन राजेश कुमार झा छन् । 
कला, शिÔा र कानुन संकायका पूर्वडिन शम्भुप्रसाद कोइराला भने फरार रहेका अख्तियारले जनाएको छ । उनीहरूले शैÔिक सत्र २०७०÷०७१ मा आवेदन शुल्क तथा कार्यक्रम थपबापत लिनुपर्ने १ करोड ३२ लाख ७५ हजार र नया“ सम्बन्धन बापत उठाउनुपर्ने २ करोड ९५ लाख ९५ हजार रुपैया“ गरी जम्मा ४ करोड २८ लाख ७० हजार रकम हालसम्म नउठाई विश्वविद्यालयलाई हानि–नोक्सानी पु¥याएको अख्तियारको दाबी छ ।
त्यसैगरी अख्तियारले जिल्ला विकास समिति बाराका तत्कालीन इन्जिनियर मेघुप्रसाद जयसवालविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । १ करोड ३० लाख ३४ हजार ८ सय ८७ रुपैया“ सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै जयसवाल र उनकी पत्नी निर्मला जयसवालविरुद्ध विशेÈ अदालतमा अभियोगपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण्ँ ऐनको दफा २० (२) बमोजिम १ करोड ३० लाख ३४ हजार ८ सय ८७ बिगो र सोहीबराबरको जरिवानाका साथै हदैसम्मको जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । साथै निर्मला जयसवालको नाममा बाराको कलैया नगरपालिका–७ को स्रोतको पुष्टि हुन नसकेको ६१ लाख ९७ हजार ४० रुपैया“ मूल्यको घरसमेत जफत गर्न मागदाबी गरिएको छ ।

No comments:

Post a Comment