Wednesday, February 29, 2012

नेपाली नेता-सभासदको 'जम्बो टोली' 'भारत जाने

काठमाडौं, १७ फागुन- नेपालका सबैजसो प्रमुख दलका नेता तथा सभासदहरुको 'जम्बो टोली' शुक्रबार तीनदिने भारत भ्रमणमा जाने भएको छ । फेड्रेसन अफ इन्डियन चेम्बर एन्ड इन्डस्ट्रिज फिक्की को आयोजनामा हुने शनिबार हुने दुई देशबीचका वरिष्ठ सांसदहरुको अन्तकिर््रया कार्यक्रममा सहभागी हुन उनीहरु नयाँ दिल्ली जान लागेका हुन् । मुलुकको आर्थिक तथा भौतिक पूर्वाधारको विकासमा संसदको नेतृत्वदायी भूमिका हुने भएकाले फिक्कीले दुई देशका सांसदहरुको अन्तकिर््रया कार्यक्रम राखेको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार भ्रमणका क्रममा नेपाली नेताहरुको टोली र भारतका प्रमुख पार्टीका वरिष्ठ नेताहरुबीचसमेत भेटघाट हुने कार्यक्रम रहेको छ । भारतका कुन कुन वरिष्ठ नेतासित भेटघाट हुने भन्ने चाहिँ स्रोतले उल्लेख गर्न चाहेन । उक्त अवसरमा नेपाली टोली र भारतीय नेता-सांसदहरुको प्रमण्डलबीच नेपालको शान्ति प्रकि्रया र संविधान निर्माणका बारेमा समेत छलफल हुनेछ ।
उक्त कार्यक्रममा नेपाली टोली र भारतीय उद्योगपतिहरुबीच आर्थिक परिप्रेक्ष्यमा दुई देशबीचको सम्बन्ध र नेपालमा भारतीय निजी क्षेत्रको लगानी वृद्धि' विषयमा समेत अन्तकिर््रया हुने जानकारी स्रोतले दिए ।
कार्यक्रममा फिक्कीले माओवादी कांग्रेस एमाले तथा मधेशी दलका गरी १६ जना नेतालाई आमन्त्रण गरेको छ । नेपाली प्रमण्डल शुक्रबार नयाँ दिल्ली जाने शनिबार कार्यक्रममा सहभागी हुने र आइतबार स्वदेश फर्कने जानकारी टोलीमा समावेश कांग्रेस केन्द्रीय सदस्य आफ्ताव आलमले दिए ।
नेपाली प्रमण्डलमा माओवादीका सचिव सीपी गजुरेल, पूर्व गृह मन्त्री कृष्णबहादुर महरा र नेतृ हिसिला यमी, कांग्रेसका पूर्वमहामन्त्री बिमलेन्द्र निधि, प्रदीप गिरी, शेखर कोइराला, आफ्ताव आलम र आरजु देउवा, एमालेका सचिव प्रदीप ज्ञवाली र सभासद अग्नि खरेल सहभागी हुनेछन् ।
त्यसैगरी प्रमण्डलमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, फोरम गणतान्त्रिकका नेता एकवाल मुहम्मद साह, सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण र एमाले सभासद एवं उद्योगपति विनोद चौधरीसमेत छन् । कार्यक्रममा जाने कतिपय नेता तथा सभासदको नाम बिहीबारसम्म परिवर्तन हुने सम्भावनासमेत रहेको जानकारी टोलीमा समावेश एक सभासदले दिए ।
फिक्कीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत कार्यक्रममा सहभागी हुन आमन्त्रण गरे पनि उनीहरु नजाने भएका छन् । उनीहरुले शान्ति प्रकि्रया र संविधान निर्माणलाई निष्कर्षमा पुर् याउन मुलुकमा महत्वपूर्ण बैठक भइरहेको जानकारी गराउँदै नआउने जानकारी गराइसकेका छन् ।

No comments:

Post a Comment