Monday, April 9, 2012

यादव सूचना र शाह कृषिमन्त्री नियुक्त

काठमाडौं, २७ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता साझेदार दल मधेसी जनअकिार फोरम गणतान्त्रिक को सिफारिसमा सोमबार थप दुई मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीले गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई सूचना तथा साचार र सहमहासचिव अकवाल अहमद शाहलाई कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।
गण्ँतान्त्रिकका अध्यÔसमेत रहेका साचारमन्त्री जेपी गुप्ता सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भई जेल परेको र पार्टीको संसदीय दल बहुमतको निर्णयको सिफारिसमा कृिÈमन्त्री नन्दनकुमार दत्तलाई हटाइएपछि रिक्त पदमा दुई नयाँ मन्त्री नियुक्त गरिएको हो । प्रधानमन्त्रीले नवनियुक्त दुवै मन्त्रीलाई राष्ट्रपति रामवरण्ँ यादवको उपस्थितिमा सोमबार अपराह्न पद तथा गोपनीयताको सपथ खुवाए ।
गुप्ता सर्वोच्चबाट गत भ्रष्टाचारी ठहर भई फागुन १० मा नै साचारमन्त्री पद रिक्त भए पनि गणतान्त्रिकको विवादले सिफारिस गर्न ढिलाइ भएकाले डेढ महिनापछिमात्र नयाँ मन्त्री नियुक्त भएका हुन् । गुप्ता बर्खास्तीमा परेपछि प्रधानमन्त्रीले साचार मन्त्रालय आफू मातहतमै राखेका थिए ।
नवनियुक्त मन्त्री नियुक्त यादव र साह दुवै गणतान्त्रिकका सभासद हुन् । यादव सिराहा-६ बाट निर्वाचित सभासद हुन् भने कपिलवस्तुका शाह मन्त्रिपरिषदबाट मनोनीत २६ सभासदमध्ये एक हुन् ।
माओवादी र मधेसी मोर्चाको सत्ता बाँडफाँडमा गणतान्त्रिकको भागमा सूचना तथा साचार र कृषि मन्त्रालय र बिनाविभागीय गरी तीन मन्त्री र दुई राज्यमन्त्री पाएको छ । गणतान्त्रिकका दुई मन्त्री थपिएपछि मन्त्रिपरिषदको संख्या फेरि ४९ जना पुगेको छ ।
बिना विभागीयमन्त्री राजलाल यादव मन्त्रालयको जिम्मेवारी नपाएकामा असन्तुष्ट छन् तर पार्टीको बहुमतले उनको गुनासोको सुनुवाइ नगरेपछि उनी बिना विभागीय मन्त्रीमै रहन बाध्य भएका छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा २०५२ सालमा ४८ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका थिए । प्रधानमन्त्री भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद बनाएर देउवाको रेकर्ड तोडेका हुन् ।
गत भदौ १२ मा प्रधानमन्त्री निर्वाचित भट्टराईले छैटौंपटक मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । यसअघि भदौ १८, २९, असोज १, कात्तिक २२ र चैत १० मा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गरेका थिए ।

No comments:

Post a Comment